इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा मंगलबार राष्ट्रिय शोक*, मृतकका परिवारलाई १० लाख राहत दिने निर्णय

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएकोमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले बताउनु भयो ।

त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख राहत दिने निर्णय पनि गरिएको छ ।

उहाँकाअनुसार इजरायलमा रहेका नेपालीहरूलाई सरकारले स्वदेश ल्याउने पनि निर्णय भएको छ।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् ।

  • यसअघि भूलवस अन्यथा भएकोले सच्याईएको
    सं.

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?