प्रदेश १ र गण्डकी प्रदेशमा हिमपात हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश नं. १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमान शाखाले अद्यावधिक रहन सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?