विकसित समाज असहिष्णु हामी

Read Time = 15 mins

वस्त्रेण वपुुषा वाचा विद्यया विनयेन च
वकारैः पञ्चभियु्ुक्तः नरो भवति पूूजितः ।।
वस्त्र (लगाएको कपडा) वपुुषा (आफ्नो शरीर) वाचा (आफूले बोल्ने वाणी) विद्या (आफूूले पाएको शिक्षा ) विनय (नम्रता यी पाँच कुराहरू मानिस चिन्ने आधार थिए पहिलेको समयमा । त्यो समयका आधार हुन यी मानिसलाई चिन्न र उसको व्यक्तित्वलाई बाहिर ल्याउन पनि । आज पनि ती आधार पुुराना भएका छैनन् । यही आधारमा मानिस चिनिने गरेको पाइन्छ आजको समयमा पनि । यो समय वैज्ञानिक सम्पन्नता र भौतिक उन्नतिको समय हो । आज पनि मानिस यी माथिका पाँच कुराले चिनिन्छ समाजमा । आजको मानिसमा यी सबै कुरा भए पनि धन भएन भने पुुजित हुुँदैन भनेर थप्दा उपयोगी हुन्छ होला ? त्यो समयमा धनको महत्व थिएन होला ?

आज यी पाँच कुराले मानिसलाई पुुजित बनाउँदैन । यी पाँचका साथै मानिसमा धन भएन भने उत्तम प्रकृतिको मानिस हुँदैन । त्यो धन भ्रष्टाचारबाट प्राप्त भएको भए पनि किन नहोस् । आज धन अनिवार्य मानिएको छ पुुजित हुनका लागि । यदि धन भएन विद्याले केही दिँदैन । स्वदेशमा जागिर छैन विदेशी गल्लीमा भौँतारिन पठाउँछ । आज दिइने त्यो शिक्षालाई हामीले विद्या भन्न मिल्दैन । पाठ्यक्रम र परीक्षालाई आधार बनाएर अध्यापन गराउने शिक्षा हो ।

गुुरुको सानिध्यमा बसेर जीवनका सबै क्षेत्रमा सबल बनाउन दिइने विद्या हो । विद्याले सङ्घर्षको मैदानमा उतारेर सफल बनाउँछ । शिक्षाले जीवनको सङ्घर्षमा एक्लो छोडिदिन्छ लडनका लागि तर लडन सक्दैन आजको पुुस्ता र पलायन हुन्छ देशबाट नै अनेकौँ सपनाका महल समाउन । त्यो सपनाको महल नजिक छैन सुुदूूरमा छ । समाउने प्रयासमा भौँतारिने आजको पुुस्ता गतिलो छ ।

सरकारी जग्गालाई बेचेर आएको पैसाले केही समय धनले मान त दियो तर आजको अवस्थामा देखिएको त्यो जालो कति घिनलाग्दो तरिकाले फैलिएको रहेछ भन्ने तथ्यलाई केही दिनको अन्तरालमा देखिएका समाचारले पुुष्टि गरिरहेका छन् ।

विकसित समाज :
आजको समाज विकसित छ । सामाजमात्र होइन विश्व नै विकसित छ । विज्ञानले हामीलाई दिनदिनै नयाँ नयाँ आविष्कार दिएको छ सुुखी बनाउन र जीवनलाई व्यस्त राख्न । साथै दिएको छ समय बिताउनका लागि विभिन्न प्रविधिहरू । जसका कारणले हामी सम्पन्न छौँ आजको समाजमा । हिँजोको जस्तो कमजोर समाज छैन । हिजोको जस्तो दुुःखजिलो गर्ने आधारको समाज पनि छैन । समाज उन्नत छ । मानिस विकसित छ । मानिससित सबै कुरा छन् । भौतिक सम्पन्नताको उज्यालोमा मानिसले सबै वस्तुु पाएको छ । तर, आजको समाजको सबैभन्दा महत्वपूूर्ण पक्ष र आवश्यकता धन बनेको छ । धनविना केही छैन आजको समाजमा । नीति भन्छ :

अधमा धनमिच्छन्ति धनं मानं च मध्यमाः
उत्तमा मानमिच्छन्ति मानों हि महताँ धनम् ।।
यो पद्यले समाजका मानिसलाई तीन भागमा विभाजन गरेको छ । समाजका अधम मानिस धनका लागि समर्पित हुन्छन् । मध्यमखालका मानिस धनका साथै मान पनि खोज्दछन् । उत्तम खालका मानिस धन होइन मान, सम्मान, इज्जत प्रतिष्ठालाई सबैभन्दा महान धनका रूपमा स्वीकार गर्दछन् । उत्तम मानिसले पाउने धन नै सबैभन्दा अमूल्य धन नीतिले मानेको छ ।

यो हाम्रो नेपाली समाजको अवस्था हो । सरकारी जग्गालाई बेचेर आएको पैसाले केही समय धनले मान त दियो तर आजको अवस्थामा देखिएको त्यो जालो कति घिनलाग्दो तरिकाले फैलिएको रहेछ भन्ने तथ्यलाई केही दिनको अन्तरालमा देखिएका समाचारले पुुष्टि गरिरहेका छन् । त्यो जालो भ्रष्टाचारको मात्र होइन भूूमाफियाले चलाएको कठोर र तीतो यर्थाथ हो । नेपाली नागरिकलाई अनागरिक बनाएर बेच्ने मानिसले पनि धन त कमाए तर मानसँगै आउन सकेन । आज छिँडीमा दिन गनिरहेका छन् । प्रमाणित होला नहोला त्यो अर्को पाटो हो । ती सबै नेपाली जनताका आँखा र मानसिकतामा दोषी ठहर भएका छन् ।
यो विकसित समाजको सामाजिक संरचना हो । समाज विकसित छ । आजको पुुस्तामात्र होइन हिजोको पुुस्ता पनि धनका लागि समर्पित रहेको देखियो । त्यसका लागि नेपाली मात्र होइन देश बेच्न पनि पछि नपरेको पुस्ता छ त्यो । त्यो पुुस्ताले सधैं धनको मोह राख्यो । त्यही मोहमा फसेको पुुस्ता आजको नीतिनिर्माण र ऋण नतिर्ने पुस्ता हो । ऋण लिने तिर्न नखोज्ने, सहकारीमार्फत आफन्तका पैसा जम्मा गर्ने लुुटेर भाग्ने प्रवृत्तिले आजको नेपाल कति कमजोर बनेको छ ।यो विकसित समाजको अवस्था र विकाशोन्मुुख देशको स्थिति पनि हो ।

विसं २०८४ मा पनि निर्वाचन हुनेछ । अब तपाईंहरूले यही भाषणका नाममा र बोलीका आधारमा मत पाउनुुहुने छैन । विदेशी भूूमिमा लर्को लागेर जान लागेका विद्यार्थीलाई रोक्ने नीति खोइ ? काम, दाम र मामका लागि प्रवासिने नेपालीलाई स्वदेशमा बस्ने आधार खडा गरेको खोइ ?

समाज र सामाजिक अवस्थामा विकासले उन्नति नगरेको होइन । गरेको छ तर मानिस असन्तोषी बनेर देखियो । उसको जागिरबाट आएको कमाइले पुुगेन भ्रष्टाचारमा डुबेको छ । उसको व्यापारले पुुगेन सरकारी जग्गा हत्याएको छ । उसको धनले पुुगेन सहकारीका नाममा विभिन्न गरिब र धनीका ब्याजका आशामा राखेका पैसा कुुम्ल्याएको छ । यही हो विकसित समाज र हामीले बाँचेको समाज पनि ।

असहिष्णुु किन ?
आज हामी वैज्ञानिक युुग र संयन्त्रमा बाँचेका छौं । विज्ञानले दिएको उपहारलाई सदा प्रयोगमा ल्याएका छौं । हामीलाई जति विज्ञानले सम्पन्न बनायो त्यति असहिष्णुु बनेर बाहिर आएका छौँ हामी । सामाजिक सञ्जालमा पोखिने आक्रोशले कहिले पनि हित गर्दैन उसलाई उसको भविष्यलाई । सामाजिक सञ्जालको सदुुपयोग गरौँ । सहिष्णुु बनेर बाहिर आयौं भने हामीप्रति पनि अन्य प्रयोगकर्ताले सहिष्णुको भावना अभिव्यक्त गरेका हुन्छन् । हामी जति असहिष्णुु बन्यौं हामीप्रति पनि अरूको भावना त्यही किसिमको हुने गरेको हुुन्छ । ख्याल गरौं सञ्जाल प्रयोगकर्ता हामीले पनि ।

असार २७ गते नेपालका प्रधानमन्त्री पुुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको मृत्युु भयो । उनको मृत्युुमा समवेदना दिने र श्रद्धाञ्जलि दिने व्यक्तिबाट आर्यघाट र सामाजिक सञ्जाल भरियो । समवेदनामा बोलिने र लेखिने शब्दलाई हेर्ने हो भने मानिस र कतिपय क्रियाकलाप असहिष्णुु बनेर आएको देखियो । किन यस्तो होला ? बुुझ्न सारै गारो भयो । हिजोको सशस्त्रयुुद्ध उपयुुक्त थियो वा थिएन । तत्कालीन विद्रोही र सुुरक्षाकर्मीले देखाएको व्यवहार उपयुुक्त थियो वा थिएन । त्यो अर्कै विषय हुन सक्दछ । समाजिक सञ्जालमा लेख्ने सामाजिक अभियन्ता, माइकका अघि बोल्ने सांसदले समेत कुन बेला वा कुुन समयमा के बोल्ने र लेख्ने हो भन्ने हेक्का नराखे कसले राख्ने आमनागरिकले ?

सामाजिक अभियन्ताका रूपमा घाँटी बसुुन्जेल बोल्ने, कुनै पनि आन्दोलन तथा सङ्घर्षमा सहभागी नभई नेतृत्वमा पुुगेर भाषण दिने संसादहरू हेक्का राख्नुहोस् यो देश तपाईंहरूको मात्र निजी पेवा होइन । यो देश राणाहरूविरुद्ध शहीद भएका, पञ्चायती व्यवस्थाले मृत्युुदण्ड दिएका, २०४६ सालको जनआन्दोलनमा शहीद भएका, द्वन्द्वकालमा विद्रोही तथा राज्यपक्षबाट मारिएका, २०६२/०६३ को आन्दोलनमा सहभागी भई मृत्युुवरण गरेका सबैको हो । नेपालको आन्तरिक द्वन्द्व समाप्त भयो । द्वन्द्वका माध्यमबाट समाधान नहुने अवस्था देखेर शान्तिप्रक्रियाले पनि टुुङ्गो पाइसकेको अवस्थामा तपाईंहरूका क्रियाले र बोलीले समाजको अवस्थालाई र देशको विकासलाई कता लैजाने हो बुुझ्नुुहोस् ।

भाषण चर्का गरेर र एक हात उफ्रेर देश विकास हुुँदैन, देशले काँचुुली पनि फेर्दैन । राणाशासनको अन्त्य गर्न र देशमा प्रजातन्त्र ल्याउने उद्देश्यले खोलिएका पार्र्टीहरू र तिनको योगदानलाई वाकस्वतन्त्रताका नाममा धारेहात लगाउने अधिकार तपाईंहरूलाई छैन । नेपाली काङ्ग्रेसले गरेको सशस्त्र क्रान्ति देख्नुुभयो । बीपी कोइरालाले जेल जीवन बिताएको सुुन्दरीजल कारागार हेर्नुुभयो । उनले लेखको आत्मवृत्तान्त अध्ययन गर्नुभयो, उनको जेलजर्नल पढ्नुुभयो । कही कतै झुकेका छैनन् उनी देशको सार्वभौमसत्ता र अखण्डताका लागि ... ।

थोरै अध्ययन गरेर सामाजिक अभियन्ताका नाममा गरिने अनर्गल प्रचार, युुवाले पत्याए भनेर सांसदको पद धारण गरेका व्यक्तिहरू कम बोल्नुुहोस् काम गर्नुहोस् । आजसम्म तपाईंहरूले गरेका काम देश र जनताले देखेका छैनन् । देख्ने गरी काम गर्नुहोस् । समवेदना र श्रद्धाञ्जलि दिने नाममा गरिएका तपाईंहरूका भाषण र समाजिक सञ्जालमा लेखिएका अभिव्यक्तिले तपाईंहरूकै मानमर्दन भएको छ ।

विसं २०८४ मा पनि निर्वाचन हुनेछ । अब तपाईंहरूले यही भाषणका नाममा र बोलीका आधारमा मत पाउनुुहुने छैन । विदेशी भूूमिमा लर्को लागेर जान लागेका विद्यार्थीलाई रोक्ने नीति खोइ ? काम, दाम र मामका लागि प्रवासिने नेपालीलाई स्वदेशमा बस्ने आधार खडा गरेको खोइ ? सत्ता हाम्रो हातमा छैन भन्न पाउनुुहुुन्न । सरकारलाई असल काम र विकासका लागि सहयोग गर्नुहोस् । मञ्चमा गरेका भाषण र सामाजिक सञ्जालमा पोखिएका तपाईंका अभिव्यक्तिले देशमा सुुधार आउने छैन । सुुधारिनुुहोस् नभए बढारिनुुहुुनेछ तपाईंहरू पनि ।

अर्को शक्तिको उदय हुनेछ तपाईंका हर्कत र अभिव्यक्तिविरुद्ध । जिम्मेवार बन्नुहोस् । नेपाली र नेपालका लागि । छिमेकी मुुलुुक र तपार्ईंहरूलाई बोल्ने र लेख्ने स्वतन्त्रता दिने पार्टी र नेतालाई गालीगलौज गर्दैमा देशको अवस्थामा सुुधार आउनेछैन । रोक्नुहोस् विदेश जाने लर्कोलाई । सुधार्नुुहोस् देशको कानुुन व्यवस्था, जेल पठाउन सहयोग गर्नुहोस् भूमाफिया र भ्रष्टाचारीलाई । तपाईंहरूको पनि जयकार हुनेछ । अन्यथा ८४ को निर्वाचनमा तपाईंको हालत पनि त्यही हुनेछ बुुझ्नुहोला ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?