साफ आजबाट, नेपाल र कुवेत भिड्दै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पुरुष साफ च्याम्पियनसिप फुटबलको १४ औं संस्करण आज (बुधबार)बाट भारतमा सुरु हुँदैछ । १४औं संस्करणको साफको पहिलो खेलमा नेपालले आमन्त्रित टिम कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र कुवेतबीचको खेलको भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

साविकको उपविजेता रहेको नेपालले पहिलो खेलमै बलियो टोली कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। विश्‍व फुटबल महासंघ (फिफा) को पछिल्लो वरियतामा नेपालभन्दा कुवेत ३१ स्थान अगाडि छ। नेपाल १७४ औं स्थानमा रहँदा कुवेत १४३औं स्थानमा छ।

कुवेतसँग नेपालले अहिलेसम्म ९ खेल खेलेको छ। जसमध्ये ८ खेलमा कुवेत विजयी भएको छ भने १ खेल बराबरीमा सकिएको छ। पछिल्लोपटक सन् २०२२ को जुनमा एसिया कप छनोटको तेस्रो चरणमा कुवेतले नेपाललाई ४–१ ले पराजित गरेको थियो।

कुवेतसँगै लेबनानले पहिलोपटक आमन्त्रित टिमको रूपमा साफ खेल्न लागेका हुन्।

प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले नेपालले छोटो समय तयारी गरेको भए पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेका छन्।

यस संस्करणको साफमा नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ ।

समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ । नेपालले दोस्रो खेलमा ९ असारमा आयोजक भारतसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?