सर्वदलीय बैठकमा इजरायल घटनाबारे के भयो छलफल ?

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको सर्वदलीय बैठकमा इजरायल घटना र उद्धारका विषयमा छलफल भएको छ ।

सबै दलहरुले सरकारले उनीहरको उद्धारका लागि लिएको पहल सही भएपनि कार्यान्वयन गर्न आग्रह गरेका छन् । सोमवार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा सबै दलका नेताहरुले इजरायलमा रहेका नेपालीहरुको सुरक्षा र मृतकको शव यथाशिघ्र नेपाल ल्याइ परिवारलाई बुझाउन आग्रह गरेको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताउनु भयो । उहाँले सरकारले सन्तुलित ढंगबाट प्रश्तुत हुनुपर्ने र जिओपोलिटिकल सेन्सिटिभिटीलाई हेरेर पनि चल्नुपर्ने कुरा आफूहरुले राखेको बताउनु भयो । उहाँले बंकरमा बसेकाहरुलाई तत्काल उद्धार गर्न पनि आग्रह गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले सन्तुलित ढंगबाट प्रश्तुत हुनुपर्छ । हामीले देशको जिओपोलिटिकल सेन्सिटिभिटीलाई हेरेर पनि चल्नुपर्छ भन्ने हिसावले पनि कुरा राख्यौँ । किनभने यहाँ कोही आतंककारीहरुले हमला गरे भन्ने ढंगले प्रश्तुत हुने हो भने बेलाबेलामा त्यस्तो हुने गरेको छ, त्यस्तो नहोस् भन्ने कुरा राख्यौँ । त्यहाँ बंकरमा बसेकाहरुलाई तत्काल उद्धार गर्नुस् भनेर भनेका छौँ । निर्णय राम्रो गरेपनि कार्यान्वयनमा जोड होस् भन्ने हो ।’

बैठकपछि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले इजरायलमा भएको घटनाबारेमा छलफल भएको र राष्ट्र र समग्र पार्टी नै एक ठाउँमा उभिनुपर्नेमा जोड दिइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘इजरायलमा भएको घटनाबारेमा छलफल भयो । राष्ट्र र समग्र पार्टी नै एक ठाउँमा उभिनुपर्ने हुन्छ, एउटै अवधारणा बनाउनुपर्छ भनेर त्यसको लागि सुझाव लिऔँ । र सरकारका निर्णयका बारेमा रिपोर्ट गर्ने बारेमा विषयवस्तु राख्नुभयो । सरकारले लिएको पहलकदमी ठिक छ, काार्यन्वयनमा लागोस् भन्ने छ ।’

त्यस्तै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले इजरायलमा भएको हमलामा पीडामा र डरमा रहेका नेपालीलाई सुरक्षित स्थानमा राख्न आग्र गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘इजरायलमा भएको हमलामा मानिसहरु पीडामा छन्, डरमा बसेका छन्, भन्ने बारेमा छलफल भयो । सरकारले गरेका निर्णयका बारेमा पनि जानकारी गरायो । सबै नेताले आफ्ना धारणा राखे । राष्ट्रिय पीडाको अवस्था छ । मानिस त्रासमा छन् । सम्पर्क विहीन छन्, त्यसबारेमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भयो । असुरक्षित ठाउँमा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने र सुरक्षित स्थानमा राख्न सरकारले पहल गर्ने । मृत्यु भएकाको शव देशमा चाँडा झिकाउने कुरा भएको छ ।’

प्रमुख सचेतक लेखकले असुरक्षित ठाउँमा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने र सुरक्षित स्थानमा राख्न सरकारले पहल गर्ने तथा मृत्यु भएकाको शव देशमा चाँडा झिकाउने बारेमा छलफल भएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?