अख्तियारद्वारा वन उपभोक्ता समितिका अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको धारापानी हिले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियार भुम्लु गाउँपालिका वडा नं ४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगीता चौलागाईं र कोषाध्यक्ष माधवप्रसाद चौलागाईंविरुद्ध बुधवार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अध्यक्ष लामासहित तीन जनाले आफूखुसी समूहको रकम खर्च गरी हिनामिना गरेको अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष लामासहित तीन जनाले उपभोक्ता समूहको बैंकमा रहेको खाताबाट ९ लाख १३ हजार २८० रुपैयाँ ९० पैसा निकालेको अख्तियारको ठहर छ ।

प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा यो काम बदनियतपूर्ण र नियमविपरीत भएको जनाइएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?