भोजपुरमा वान्तवाको कथा संग्रह ताल्चाको परिचर्चा

Read Time = 3 mins

भोजपुर । कवि तथा कथाकार दिलिप बान्तवाको ‘ताल्चा’ कथा संग्रहको भोजपुरमा परिचर्चा गरिएको छ । २०९ औ भानुजयन्तीका अवसरमा त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरको आयोजनामा सिर्जना बाचन तथा कथाकार बान्तवाको कथा संग्रहका बिषयमा परिचर्चा भएको हो ।

दक्षिण कोरियामा रहेका भोजपुरको दक्षिण हतुवागढी गाउँपालिकाका कवि तथा कथाकार बान्तवाको कथा संग्रहमा सशस्त्र द्वन्द्वकालिन अवस्था देखि भोजपुरको हतुवागढी क्षेत्र र कोरियाको परिवेशमा आधारित भएर लेखिएका १० वटा कथाहरु समेटिएका छन् ।
कथा संग्रहका बिषयमा अमृका ताम्राकार, बिष्णु कुमार राई, गणेश कुमार श्रेष्ठ र सुरेन्द्र कार्कीले परिचर्चा गर्दे त्यस भित्र समेटिएका कुराहरुको बिषयमा आफनो धारणा राख्नु भएको थियो । गणेश कुमार श्रेष्ठले आफनो माटो, भाषा र संस्कृति, यथार्थपरक कुराहरु कथामा समेटिएको बताउनु भयो । दश बर्षे द्वन्द्वका बिषयहरु पनि कथाकार बान्तवाको कथा संग्रहमा समेटेको बताउँदै श्रेष्ठले उहाँ राम्रो कथाकार भएको धारणा राख्नु भयो ।

सामाजिक बिकृति र बिसंगतीका कुरा पनि बान्तवाको कथा संग्रहमा समेटिएको बताउँदै बत्ता बिष्णु कुमार राईले परिवेश, चरित्र चित्रण र बिषयबस्तु सही भएको बताउनु भयो । यस कथा संग्रहसँगै भोजपुरमा पनि अर्को श्रष्ठाको उदय भएको धारणा राख्दै राईले कथाकार बान्तवाको कथा संग्रह सफल भएको बताउनुभयो ।

पूर्व प्रतिष्ठानका अध्यक्ष समेत रहेका अमृका ताम्राकारले प्रतिष्ठानका बिषयमा प्रष्ट पार्दे कथाकार बान्तवाको कथामा गाउँकै परिवेश समेटिएको हुनाले पनि यो कथा राम्रो भएको बताउनुभयो ।

सोक्रममा सुरेन्द्र कार्कीले पनि कथा भित्र समेटिएका बिषयबस्तुका बारेमा चर्चा गर्नु भएको थियो प्रतिष्ठानका अध्यक्ष सुवास बिवस श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ, समिति उपप्रमुख अनिशा खडका, भोजपुरका अग्रज कवि तथा साहित्यकार शेरबहादुर मोत्तान (मोक्तान भाई) लगायतको पनि सहभागिता रहेको थियो । सोक्रममा कविहरुबाट आफनो सिर्जना समेत बाचन गरेको प्रतिष्ठानका सचिव घमचन्द्र दाहालले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?