कप्तान रेणुकाको शल्यक्रिया

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेणुका नगरकोटेको आइतबार शल्यक्रिया गरिएको छ । गत वर्ष बायाँ काँधमा चोट लागेपछि राखिएको स्टिल निकाल्न शल्यक्रिया गरिएको थियो । ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा डाक्टर अमित जोशीले रेणुकाको शल्यक्रिया गर्नुभएको हो ।

प्रशिक्षणका क्रममा चोट लागेपछि रेणुकाले गत वर्ष स्वदेशमा भएको साफ च्याम्पियनसिप गुमाउनुभएको थियो । फेब्रुअरीमा भारतसँगको मैत्रीपूर्ण खेलबाट उहाँ राष्ट्रिय टोलीमा फर्किनुभएको थियो । उहाँले चीनको हांगचौंमा सम्पन्न १९औँ एसियाली खेलकुद (एसियाड) मा टोलीको कप्तानी गर्नुभएको थियो । एसियाडमा भियतनामसँग २-० र जापानसँग ८-० को हार भोगेको नेपालले बंगलादेशसँग एक-एकको बराबरी खेलेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?