कैलाली । धनगढी उपमहानगरपालिका सामुदायिक विद्यालयमा दरबन्दी मिलानको तयारीमा जुटेको छ । शिक्षक र विद्यार्थी संख्याको आधारमा उपमहानगरले दरबन्दी मिलान गर्ने प्रक्रिया थालेको हो । यसअघि विद्यालय समायोजन गरेको उपमहानगरले हाल दरबन्दी मिलान गर्ने प्रक्रिया अगाडि बढाएको छ । दसैं विदा अगाडि नै दरबन्दी मिलानको कागजी प्रक्रिया टुङ्ग्याउने उपमहानगरका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताउनु भयो ।
‘अहिले हामी विद्यालयको नियमित अनुगमन निरीक्षणमा छौँ । निरीक्षणको क्रममा विद्यार्थीको संख्या र शिक्षकहरूको विषयगत विवरण तयार गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘विद्यालय समायोजनका क्रममा पुल दरबन्दीमा रहेका र दरबन्दी मिलानका क्रममा पुल दरबन्दीमा परेका शिक्षकहरूको सरुवा गरिनेछ।’
शिक्षा महाशाखाले उपमहानगरभित्र सञ्चालित विद्यालयहरूमा अनुगमन र निरीक्षण गरिरहेको छ । ७२ वटै सामुदायिक विद्यालयको अनुगमनपछि शिक्षकहरूको विषयगत संख्या र विद्यालयहरूको मागका आधारमा दरबन्दी मिलान गरिनेछ । साउनमा विद्यालय समायोजन गरेको उपमहानगरले दोस्रो चरणमा दरबन्दी मिलान गर्ने काम थालेको छ ।
‘दरबन्दी मिलान गर्न शिक्षा, युवा तथा खेलकुद महाशाखाले सामुदायिक विद्यालयको विद्यार्थी र शिक्षकको तथ्याङ्क अद्यावधिक गर्न थालेको छ’, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख खातीले बताउनु भयो । धनगढीका केही सामुदायिक विद्यालयमा विद्यार्थीसंख्या कम भए पनि शिक्षक संख्या अधिक रहेको छ भने बढी विद्यार्थी भएका विद्यालयमा शिक्षक दरबन्दी कम छन् ।
स्थायी, राहत, करार र निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकहरूको विषयगत वितरण पनि मिलेको छैन । यसैगरी, प्रधानाध्यापक, व्यवस्थापन समितिसँगको मनमुटावका कारण केही शिक्षकहरूले राम्रोसँग शिक्षण क्रियाकलाप नगरेको पाइएको छ । केही विद्यालयमा सामाजिक विषयका मात्रै शिक्षक हुँदा गणित र विज्ञान विषयका शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ ।
सबै विद्यालयमा विषयगत शिक्षकको उपलब्धता होस् भनेर उपमहानगरपालिका दरबन्दी समायोजनमा लागेको हो । विद्यालय अनुगमनपछि समायोजनको सूची प्रकाशित गरिने र समायोजनमा परेका शिक्षकहरूलाई काम गर्न चाहेको विद्यालय रोज्न लगाइने शिक्षा महाशाखा प्रमुख खातीले बताउनुभयो । दरबन्दी मिलानमा विषयगत शिक्षक नपुग भएका विद्यालयमा विषयगत शिक्षक पठाइने भएको छ । विषयत शिक्षक नभएर शिक्षण सिकाइ कमजोर भएको गुनासो आएपछि उपमहानगरपालिकाले दरबन्दी मिलानको योजना अगाडि बढाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच