भक्तपुर । भक्तपुर नगरपालिका-२ सानोव्यासी औद्योगिक क्षेत्र अगाडि सवारीसाधनहरुको चेकजाँच गर्ने क्रममा एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले विभिन्न सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा देकोचाबाट कालोपाटीमोडतर्फ जाँदै गरेको बा. प्रदेश ०२-०३४ प. २३२५ नं. को स्कुटी चालक भक्तपुरकै सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक बस्ने वर्ष २८ को सुशान्त अवाललाई पक्राउ गरेको हो ।
उनको स्कुटीको डिकीबाट नोर्फिन- ४५ एम्पुल, डाईजोपाम - ४५ एम्पुल, फेनेरागन - ४५ एम्पुल, प्रयोग नभएको सिरिन्ज - १ थान र प्रयोग भएको सिरिन्ज - ६ थान फेला परेको प्रहरीले जनाएको छ । लागुऔषध फेलापारी स्कुटीसहित नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखिएको परिसरका सूचना अधकिृत बसन्त पाठकले बताउनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच