काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल जस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता अझ बढी सहुलियतपूर्ण बनाउनुपर्ने र त्यस्ता मुलुकमा क्षमता विकासका कार्यक्रममा लगानी गर्नुपर्ने बताउनुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)को संयुक्त वार्षिक बैठकका सन्दर्भमा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरू क्रमशः विम्पी सपुत्रा र याती कुर्निआतीले गर्नुभएका प्रस्तुतिबारे मन्त्री महतले धर्तीलाई बस्नयोग्य बनाउनुपर्ने विश्व बैंककोथिमको समर्थन जनाउँदै जलवायु परिवर्तनको गैरअनुपातिक असर परेको नेपाल जस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता अझ बढी सहुलियतपूर्ण बनाउनुपर्ने र त्यस्ता मुलुकमा क्षमता विकासका कार्यक्रममा लगानी गर्नुपर्ने बताउनुभएको हो ।
खासगरी विश्व बैंकले तयार गरेको ‘प्लेबुक’ मा सहुलियतदर बढाँउदै जाने कुराको प्रतिबद्धता ठोसरूपमा प्रतिबिम्बित हुनुपर्ने उहाँको भनाइ थियो । मन्त्री महतले निजी क्षेत्रसँग सम्बन्धित उपकरणसमेत साना अर्थतन्त्र भएका मुलुकको पहुँचमा पुर्याउने र ब्यालेन्सिट अप्टिमाइजेसनमार्फत् बैंकको आयको महत्वपूर्ण हिस्सा विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानी गर्ने संरचनाका रूपमा चिनिने ‘आइडिए’ मा समावेश गरेर जान सकेमा कम आय भएका देशमा सहुलियतदर बढाउनुपर्ने चासोको सम्बोधन हुन सक्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय मुद्राकोषको प्रस्तुतिमा प्रतिक्रिया दिँदै उहाँले कोषको वित्तीय सुविधा परम्परागत कोटाका आधारमा वितरण गर्ने विद्यमान अभ्यासका कारण कम प्रतिनिधित्व भएका मुलुकको आवश्यकता प्रतिबिम्बित हुन नसकेको भन्दै कोटा पुनरवलोकन प्रक्रियामा पुनर्विचार हुनुपर्नेमा जोड दिनुभयो । सो क्रममा कार्यकारी निर्देशकले सहुलियतपूर्ण ऋणको अंश बढाउनेतर्फ काम सुरु भइसकेको जानकारी गराउँदै यथाशीघ्र्र सम्पन्न गरिने जवाफ दिनुभयो । अर्थमन्त्रीको सचिवालयका अनुसार अर्थमन्त्रीको कोरियाका उपप्रधानमन्त्री तथा युरोपियन युनियनका कमिस्नरसँग छुट्टाछुट्टै द्विपक्षीय भेटघाट हुने कार्यक्रम तय भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच