बैतडी । बैतडीमा मलामी बोकको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका–१ स्थित घारडा भन्ने ठाउँमा जीप दुर्घटना हुदा डिलासैनी गाउँपालिका–१ धावला बस्ने ५० वर्षीय गोपाल बोहराको मृत्यु भएको हो ।
बुधबार मृत्यु भएका धनपती धामीको गण्नीगाड खोलामा दाहसंस्कार गरेर फर्कने क्रममा बिहीबार दिउँसो पौने २ बजेतिर सु.प.प्र.०१०००१च ३१४६ जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो ।
जिपमा सवार १३ जना मलामी मध्ये एकजनाको मृत्यु भएको हो । भने ५जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेमा डिलासैनी–१ का रतन धामी, मन्धिर धामी, अमर धामी, लोकेन्द्र धामी र सुरेन्द्र बोहरा रहेका छन् । उनिहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
कच्ची सडकमा चल्दै गरेको जिप एक्कासी पछाडि आएर सडकमै पल्टेको बताइएको छ । जिप चालक डिलासैनी ६ बागगोठका धनबहादुर कठायत फरार रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच