![चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/lamkhutte.jpg)
दिल्ली । कप्तान रोहित शर्माको विश्व कीर्तिमानी शतकमा भारतले आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानमाथि आठ विकेटको सानदार जित हात पारेको छ । जितका लागि २७३ रनको विजयी लक्ष्य पछ्याएको भारतले ३५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
भारतको जितमा कप्तान रोहित शर्माले ८४ बलमा १६ चौका र ५ छक्कासहित सर्वाधिक १३१ रनको शतकीय इनिङ खेल्नुभयो । उहाँको यो विश्वकपको सातौँ शतक हो । यसअघि २०१५ को विश्वकपमा एक र २०१९ को विश्वकपमा पाँच शतक प्रहार गर्नुभएको थियो ।
योसँगै रोहित विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बन्नुभएको छ । उहाँले पूर्वकप्तान सचिन तेन्दुलकरको ६, श्रीलंकाका पूर्वकप्तान कुमार संगाकारा र रिंकी पोन्टिङको ५–५ शतकको कीर्तिमान तोड्नुभएको हो ।
भारतका लागि इशान किसनले ४७ बलमा ५ चौका र २ छक्कासहित ४७ रन जोड्नुभयो । विराट कोहली ५६ बलमा ६ चौकासहित ५५ रनमा नटआउट रहनुभयोे । श्रेयस ऐर २३ बलमा १ चौका र १ छक्कासहित २५ रनमा नटआउट रहनुभयो । अफगानिस्तानका राशिद खानले ८ ओभरमा ५७ रन खर्चेर २ विकेट लिनुभयो ।
त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रन बनाएको थियो ।
अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले ८८ बलमा ८ चौका र १ छक्कासहित ८० रन जोड्नुभयो । त्यस्तै आजमतुल्लाह ओमरजाईले ६९ बलमा २ चौका र ४ छक्कासहित ६२ रनको योगदान दिनुभयो ।
भारतको जितमा तीव्र गतिका बलर जस्प्रित बुमराहले १० ओभरमा ३९ रन खर्चेर ४ विकेट लिनुभयो । हार्दिक पाण्ड्याले ७ ओभरमा ४३ रन खर्चेर २ विकेट हात पार्नुभयो ।
भारतले पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो । अफगानिस्तानले बंगलादेशसँग ६ विकेटले हारेको थियो । भारतले अब शनिबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा पाकिस्तानसँग खेल्नेछ । अफगानिस्तानले अब दिल्लीमा आइतबार इंग्ल्याण्डसँग खेल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच