काठमाडौं । इन्टरनेट र आइपिटिभी सेवा प्रदायक भायानेट कम्युनिकेसनले डिजिटल सेवा प्रदान गरेको २४ वर्ष पूरा गरेको छ । कम्पनीले २४औँ वार्षिकोत्सवका अवसरमा विभिन्न अफरसमेत घोषणा गरेको छ । जसमा १२५ एमबिपिएस इन्टरनेटको तीन महिनाका लागि २४ सय २४ (भ्याट बाहेक) पर्नेछ भने जडान शुल्कमा पनि उल्लेखनीय छुट हुनेछ । त्यस्तै भायानेटको चाडपर्व अफरअन्तर्गत सबै तीन महिना वा सोभन्दा माथिका भायानेट ग्राहकले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणमा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।
साथै आफ्ना ग्राहकप्रति कृतज्ञता जनाउदै कम्पनीले पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड गरेको छ । जसमध्ये भायानेटका वार्षिक ग्राहक जसको दुई सय एमबिपिएस इन्टरनेट छ, उनीहरूको २५० एमबिपिएस अपग्रेड भएको छ, तीन सय एमबिपिएस इन्टरनेट भएका ग्राहकले निःशुल्क चार सय एमबिपिएस पाएका छन् भने अन्यको पनि इन्टरनेट निःशुल्क अपग्रेड गरिएको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच