
काठमाडौं । विभिन्न पाँच कम्पनीले आइपिओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् । उत्पादन तथा प्रशोधन समूहको जगदम्बा स्टिलसहित पाँच कम्पनीले आइपिओ निष्कासन गर्न लागेका हुन् ।
जगदम्बा स्टिलले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा दुई सय रुपैयाँ प्रिमियम थप गरी छ अर्ब दुई करोड १० लाख बराबरका दुई करोड ७० हजार कित्ता आइपिओ निष्कासन गर्दैछ । आइपिओ निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।
त्यस्तै याम्बालिङ हाइड्रोपावरले २८ करोड बराबरका २८ लाख कित्ता आइपिओ निष्कासन अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले आइपिओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । एपेक्स हस्पिटालिटी लिमिटेडले २४ करोड बराबरका २४ लाख कित्ता आइपिओ अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो भने बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । मैबुङ इनर्जी लिमिटेडले १८ करोड ९० लाख ५३ हजार बराबरका १८ लाख ९० हजार पाँच सय ३० कित्ता आइपिओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको छ ।
मैबुङ इनर्जी लिमिटेडले पनि आइपिओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । एसवाई प्यानल नेपालले पनि ५२ करोड ३२ लाख ५४ हजार आठ सय रुपैयाँ बराबरका ५२ लाख ३२ हजार पाँच सय ४८ कित्ता आइपिओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ भने बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच