चीनद्वारा व्याजदर कटौती

Read Time = 4 mins

बेइजिङ । चीनको केन्द्रीय बैंकले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा कोभिड-१९ पछिको आर्थिक वृद्धिदरमा आएको सुस्तताको सामना गर्ने प्रयासस्वरूप सोमबार प्रमुख व्याजदरमा कटौती गरेको छ । पिपुल्स बैंक अफ चाइना (पिबीओसी) ले एक विज्ञप्ति जारी गर्दै कर्पोरेट कर्जाका लागि महत्वपूर्ण रहेको एक वर्षे ऋणको प्रमुख व्याजदर ३.५५ प्रतिशतबाट घटाएर ३.४५ प्रतिशतमा झारेको छ भने पाँच वर्षे व्याजदर ४.२ प्रतिशतमा कायम गरिएको जनाएको छ । बजारलाई नजिकबाट पछ्याउँदै, जूनमा अघिल्लो कटौतीपछि, दुई दरहरूमा अहिलेसम्मको न्यून दर कायम गरिएको छ ।

यो निर्णय वाणिज्य बैंकहरूलाई बढीभन्दा बढी र अधिक लाभप्रद दरमा प्रदान गर्न प्रोत्साहित गर्ने उद्देश्यले गरिएको हो । सोमबारको कदम अन्य प्रमुख अर्थव्यवस्थाले मुद्रास्फीति नियन्त्रण गर्न काम गरिरहेको बेला विश्वभर बढ्दो व्याज दरको विपरित छ । यसले अप्रत्यक्ष रूपमा चीनको विकासको चिहृनको रूपमा आर्थिक गतिविधिलाई समर्थन गर्नेछ ।

सन् २०२२ को अन्त्यमा स्वास्थ्य प्रतिबन्धहरू हटेपछि लामो समयदेखि प्रतिक्षा गरिएको कोभिड–१९ पछिको पुनरुत्थान हालका महिनाहरूमा समाप्त भएको छ । अर्थतन्त्रलाई पुनर्जीवित गर्न केन्द्रीय बैंकले गत मंगलबार वित्तीय संस्थाहरूलाई प्रदान गर्ने मध्यमकालीन ऋण सुविधाको दर घटाएको थियो ।

वित्तीय नियामकहरूले ‘जोखिम र लुकेका खतराहरू’बाट जोगिन शुक्रबार ‘वित्तीय सहयोग’को आवश्यकतामा सहमति जनाएका छन् ।
यो कदमबाट चिनिया स्टक बजार प्रभावित भएका छैनन् । स्टक बजार कारोबारमा हङकङमा १.४ प्रतिशत र सांघाईमा ०.६० प्रतिशतले गिरावट देखिएको छ । केन्द्रीय बैंकको यो निर्णय चीनको विशाल कम्पनी कन्ट्री गार्डेन, जुन लामो समयदेखि आर्थिक रूपमा बलियो मानिन्छ र अहिले अति ऋणी मानिन्छ, ले सामना गर्नुपरेको संकटको रूपमा आएको छ ।

यसले चीनमा आर्थिक संकटको डर बढाउँछ जसले घरेलु वित्तीय प्रणालीका लागि भयानक परिणामहरू निम्त्याउन सक्छ । कन्ट्री गार्डेनको समस्या यसको प्रतिस्पर्धी, एभरग्रान्डेको पतनको दुई वर्षपछि मात्र उत्पन्न भइरहेको छ ।

घरजग्गाको समस्याका अतिरिक्त श्रम बजारमा अनिश्चितता र विश्वव्यापी आर्थिक मन्दीबीच सुस्त उपभोगका कारण पनि आर्थिक वृद्धिमा बाधा पुगेको छ । यी नकारात्मक घटनाक्रमले चिनियाँ सामानको मागमा असर पारिरहेको छ, जसले हजारौं कारखानाको गतिविधिलाई सुस्त बनाइरहेको छ ।

जुन महिनामा २१.३ प्रतिशत को रेकर्ड उच्च भएपछि चीनले गत मंगलबार आफ्नो विस्तृत युवा बेरोजगारी तथ्यांकको मासिक प्रकाशनलाई स्थगित गरेको आधिकारिक तथ्यांकले देखाएको छ । चीनमा, बेरोजगारी दर केवल शहरी क्षेत्रहरूको लागि गणना गरिन्छ र यसैले स्थितिको आंशिक तस्वीरमात्र प्रदान गर्दछ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?