भारत वर्षको सबैभन्दा ठूलो युद्ध महाभारतको युुद्ध मानिन्छ । यो युद्धमा तत्कालीन भारत वर्षका सबै शासक सहभागी भएका थिए । उनीहरूको सहभागिताले महाभारत एक सबल र गतिलो युद्धका रूपमा चिनिएको युुद्ध मानिन्छ । शासक सहभागी भएर लडिएको युुद्धलाई धर्मयुुद्ध मानिएको थियो । त्यो युद्धले निम्त्याएको बिभीषिकामा तत्कालीन शासक युुधिष्ठिर नै विषादमा परेका थिए । त्यो विषाद् आफन्तको मृत्युुबाट पाएको शासनको बागडोर थियो । शासक नै विषादमा परेर शासकीय कार्यबाट विमुुख हुँदाको अवस्थामा राज्यका सबै संयन्त्र नै पङ्गुु हुुने तथ्यलाई नकार्न सकिँदैन । यही आधारलाई हस्तिनापुरका प्रधान सेवक युुधिष्ठिरका अघि आएको अवस्था थियो । शासकले आफ्नो मर्यादा र जिम्मेवारीलाई बहन गर्न सकेन भने राज्य कमजोर हुने कुरालाई नकार्न सकिँदैन ।
युधिष्ठिर विषादमा परे । आफूले शासन गर्न नचाहेको धारणा बाहिर ल्याए । शासन गर्दा मेरो वा शत्रुुका तर्फबाट मृत्युु वरण गरेका आफन्तलाई बिर्सन नसक्ने तथ्यलाई उनले बाहिर ल्याए । उनलाई व्यासले विभिन्न उदाहरण दिएर सम्झाएका छन् । शासक विषादमा पर्नु हुँदैन । यदि शासक नै विषादमा परेमा राज्यका सबै संयन्त्रले काम नगर्ने तर्कलाई व्यासले सम्झाएका छन् । युुद्ध हुनुु नियम थियो । यो युुद्ध तिमीले चाहेर पनि भएको होइन । यो युुद्ध त ईश्वरको इच्छा थियो । तिमी कारण बनेका मात्र हौ । यदि यो युुद्धले पूूर्णता नपाएको भए धर्मको अवस्था कमजोर हुने र मानिस पापमा डुुब्ने तर्कलाई व्यासले राखेका छन् । युुद्धले एउटा युुगलाई समाप्त पारेको तर्कलाई व्यासले उठाएका छन् ।
शासकको कर्तव्य
शासक आफैँमा एक्लो होइन । उसले परिवार र समाज होइन राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छ । शासकको कुशलताका माध्यमबाट राष्ट्रले जहिले पनि आफ्नो पहिचान विश्वमा स्थापित गरेको हुन्छ । शासकले गर्ने पापका भागी जनता हुन्छन् । जनताले गर्ने पापको भागी शासक पनि हुने गर्दछ । यो कुरामा शासकसदा चनाखो हुनुुपर्ने धारणालाई बाहिर ल्याउँदै व्यास भन्छन् :
आदाय बलिषड्भागं यो राष्ट्रं नाभिरक्षति
प्रतिगृहृणाति तत् पापं चतुुर्थांशेन भूूमिपः ।।
जनताको आयबाट कर नलिई शासन चलाउने शासक कर नतिरेका जनताले गरेको अपराधमा चौथो भागमा पर्ने पापको हिस्सेदार बनेको हुन्छ । कुनै पनि राज्य करका आधारमा चल्ने हो । करबाट असुल गरेको अर्थबाट राज्यका सबै अङ्ग सक्रिय बनेर रहेका हुन्छन् । व्यासले राज्यका संयन्त्र र जनताबाट कर असूूल गरिएन भने राज्यको ढुुकुुटी कमजोर हुने हुनाले करलाई पहिलो प्राथमिकताका राखेका छन् । राज्यलाई सबल बनाउने आधार कर हो । करलाई सही तरिकाले सदुुपयोग गर्ने हो भने राज्य कहिले पनि कमजोर हुँदैन भन्ने तर्कलाई व्यासले राखेका छन् । शासकले शत्रुु र मित्रको पहिचान अनिवार्य रूपमा गर्नुु आवश्यक हुन्छ । शत्रुु मित्र र बजारलाई लिएर युधिष्ठिरलाई व्यास सम्झाउँछन्
तरसा बुुद्धिपूूर्वं वा निग्राहृया एव शत्रवः
पापैः सह न संदध्याद् राजयं पण्यं न कारयेत् ।।
शासक जहिले पनि राष्ट्रको प्रतिनिधि हुुन्छ । देशको प्रतिनिधिका रूपमा रहेको शासकले समयमा आफूलाई सही मार्गमा गतिशील तुल्याउनु आवश्यक छ । शासकले कुुनै पनि कामलाई थाति राख्नुु हुुँदैन । शासकको कर्तव्य आफूले सोचेको र गर्न चाहेको कामलाई तत्काल गर्नु हो ।
शत्रुुलाई बल र बुुद्धिले जित्नुु आवश्यक छ । आफ्नो देशको बजारलाई कहिले पनि सौदाका रूपमा बाहिर ल्याउनु हुँदैन । पहिलो श्लोकमा शासकले राज्यको करप्रणालीलाई चुुस्त राख्नुुपर्दछ भनिएको छ । अर्कोमा शत्रुुलाई भन्दा पनि देशको बजार व्यवस्थापन गतिलो तरिकाले सञ्चालन हुनुु आवश्यक मानिएको छ । यदि राज्यमा कालोबजारी फस्टायो भने देशको आर्थिक अवस्था कमजोर हुुने तर्कलाई व्यासले यहाँ राखेका छन् । शासकमा यी कर्तव्य र राज्यप्रतिको सचेत अवस्था अनिवार्य रूपमा रहनुुपर्ने तर्कलाई व्यासले युधिष्ठिरका अघि राखिदिएका छन् । शासक विषादमा पर्ने होइन । ऊशासन व्यवस्थालाई जनउत्तरदायी बनाएर अघि बढ्ने हो । यो हस्तिनापुरका प्रधान सेवकप्रति व्यासको अभिव्यक्ति थियो ।
समयमा काम गर
शासक जहिले पनि राष्ट्रको प्रतिनिधि हुुन्छ । देशको प्रतिनिधिका रूपमा रहेको शासकले समयमा आफूलाई सही मार्गमा गतिशील तुल्याउनु आवश्यक छ । शासकले कुुनै पनि कामलाई थाति राख्नुु हुुँदैन । शासकको दायित्व र कर्तव्य आफूले सोचेको र गर्न चाहेको कामलाई तत्काल गर्नु हो । यदि शासकले आफ्नो कर्मलाई जीवन्त बनाउन सकेन भने उसको शासकीय व्यवहार कमजोर हुने कुुरालाई उल्लेख गरिएको छ ।
नाकालतो म्रियते जायते वा नाकालतो व्याहरते च बालः
नाकालतो यौवनमभ्युुपैति नाकालतो रोहति बीजमुुप्तम् ।।
बालक समय नहँुुदै जम्मँदैन । समय नहुुँदै मर्दैन । समय नहुुँदै युुवावस्था पनि पाइँदैन । समय नभइकन रोपेको बिउ पनि उम्रदैन । यो व्यासको कस्तो गतिलो उक्ति हो । शासकले समयलाई चिन्न सकेन भने उसले गरेका सबै कर्म कमजोर हुुन्छन् । यो उक्तिले शासकलाई समय चिन्न आग्रह गरेको देखिन्छ । समयभन्दा पहिला केही हुुँदैन र समय गएपछि पनि केही हुुँदैन । यो तथ्य र साक्ष्यले शासकलाई समय चिन्न आग्रह गरेको देखिन्छ । समयानुुसार चल्न मानिसले जानेन भने उसको जीवनका हरेक क्रियाहरू कमजोर हुने कुुरालाई व्यासले सम्झाएका छन् । व्यास भन्छन् :
नाकालतो भानुुरूपैति योगं नाकालतोद्रस्तंगिरिमभ्युुपैति
नाकालतो वर्धते हीयते च चन्द्रः समुुद्रोद्रपि महोर्मिमाली ।।
असमयमा सूूर्य उदयाचलबाट उदाउँदैन र समयपूूर्व अस्ताचलतिर पनि जाँदैन । असमयमा चन्द्रमाको कला पनि घट्बढ हुँदैन । समुुद्रका लहर पनि असमयमा आउँदैनन् । कति मिठो तरिकाले सम्झाए व्यासले युुधिष्ठिरलाई । यो व्यासले युुधिष्ठिरलाई दिएको शासकमा हुनुुपर्ने गुुण र शासकले समयलाई चिन्नुपर्ने धारणाको देखिन्छ । शासकले समयलाई चिन्नुु आवश्यक रहेको छ । शासक जहिले पनि देश र राष्ट्रप्रति उत्तरदायी हुनुु अनिवार्य मानिन्छ । यदि शासकले समयको ज्ञान र देशप्रतिको उत्तरदायित्व सम्झेन भने शासकीय कार्यदक्षता गतिलो नहुुने तर्कलाई व्यासले राखेको देखिन्छ ।
विचरा हामी
महाभारतको युुद्ध जम्मा अठार दिन चल्यो । अठार दिनमा त्यो युद्धले समापन पाएको थियो । आज हामी विज्ञानको सम्पन्नतामा सबल बनेका छौँ । विज्ञानको सम्पन्नताले हामीलाई सुुविधासम्पन्न बनाएको छ । यो सम्पन्नता हामी मानिसका लागि सारै व्यवहारपयोगी र सुुबिधाले युुक्त रहेको छ । कोरोनाले पिडित बनेर तङ्ग्रँदै गरेको विश्व सन् २०२२ फेब्रुवरी २४ देखि युक्रेन र रसियाको युुद्धको भुुँवरीमा परेको छ । यति लामो समय यो युुद्धले विश्वबजारलाई पनि कठिन दिनको सामना गर्नु पर्ने अवस्थामा पुु¥याएको छ । शासकको शनकका भरमा हुने युुद्धले मानिसको हित कहिले पनि गर्दैन । आफूलाई शक्तिशाली मान्ने रसियाले युुक्रेनलाई केही हप्तामा समाप्त पार्ने उद्घोषका साथ आरम्भ गरेको थियो । त्यसो हुन सकेन आज पनि युुद्ध चलिरहेको छ ।यो युुद्धले संसारलाई आर्थिक मन्दीबाट बाहिर निस्कन दिएको छैन ।
यही असोज बीस गते शनिबारदेखि विश्वका मान्छेले अर्को युुद्ध झेलिरहेका छन् । आतङ्कवादी सङ्गठन हमासले इजरायलमाथि गरेको आक्रमणमा उज्ज्वल भविष्य देखेर अध्ययन गर्न गएका दश जना नेपाली विद्यार्थीले समेत ज्यान गुुमाएका छन् । विश्वले फेरि अर्को युुद्धलाई कहिलेसम्म झेल्ने हो पत्तो छैन । आजको समाज विकसित छ । आजको मानिस सम्पन्न छ । आजको समय दिनप्रतिदिन घर्किँदै गएको छ । सम्पन्नताको अवस्थालाई चिनेर हामी बाँचिरहेका छौँ । विकसित र सम्पन्न विश्वमा बाँचिरहेका हाम्रा शासक कति निरीह देखिएका छन् ।
गणतन्त्रको आठौँ वर्षमा पनि हामी नेपालीको जीवनशैली फेरिएन । नेपालमा राजनीति गर्ने र तिनका आडमा रोटी सेक्नेको जीवनशैली फेरियो । शिक्षा पाएर बेरोजगारीको समस्या झेलिरहेका युुवाको जीवन फेरिएन । कृषि गरेर आफू र आफ्नो परिवारको भरणपोषण गर्ने कृषकमाथि उठ्न सकेको छैन । ती कृषकले उब्जाएका कृषिजन्य वस्तुु कृषकबाट लिएर बजारभाऊ महङ्गो बनाउने व्यक्तिको जीवन फेरिएको छ ।
बजारले भान्सालाई सारै महङ्गो बनाएको छ । देशमा नेपाली सुुरक्षित छैनन् । विदेशीभूूमिमा नेपाली मारिएका छन् । देशको अवस्था कमजोर बनेको छ । यो सङ्घीयताले नेपालको सार्वभौमसत्तालाई जीवन्त बनाउन सक्दैन भन्ने स्वरहरू मुुखरित हुुन थालेका छन् ।
युुधिष्ठिरलाई व्यासले शासनलाई सुुदृढ र व्यवस्थित गराउन अनेक प्रकारका उदाहरणबाट सम्झाए । हाम्रा शासक जहिले पनि आफूलाई कमाउने कसरी भन्ने फिराकमा लागिपरेका छन् । शासनलाई व्यवस्थित तरिकाले चलाउन किन सकेनन् यो प्रश्न उनीहरूलाई नै ? पचास वर्षको इतिहास बोकेका पार्टीहरू, विभिन्न प्रकारका आन्दोलन गरेर ल्याएको गणतन्त्र किन कमजोर भयो हाम्रो देशमा । दश वर्ष जनयुुद्ध गरेर जनतालाई वाचा दिएर आएको पार्टीले समेत देशको सामाजिक, आर्थिक परिवर्तनमा आफूलाई खरो उतार्न सकेन किन ? नेपाली जनताको बलिदानबाट आएको गणतन्त्र यति कमजोर किन ? नेपालीहरूको अथक प्रयास र राजनीतिक दलको जिम्मेवारबोधबाट आएको गणतन्त्र किन यति लाचार ? स्थानीयतहदेखि केन्द्रसम्मका सबै नेता धन कमाउने धन्दामा लाग्ने गणतन्त्र किन विवस ?
सामाजिक रूपान्तरण राजनीतिक चेतनाको पहिचान हो । राजनीतिक चेतनाले नेपाली जनता सचेत पनि छन् । गणतन्त्रका हरेक पक्ष किन कमजोर बनेर आएका छन् ? यो प्रश्नले आज सबै नेपालीको मस्तिष्कलाई सोच्न बाध्य बनाएको छ । शासकले गरेका सबलपक्षले सामाजिक सञ्जाल कहिले पनि रङ्गिँदैनन् । शासकले देश र जनताका विरुद्ध गरेका निर्णयले आजकल सामाजिक सञ्जाल रङ्गिएका छन् । नेपाली जनता वितृष्णाको गुुफाबाट बाहिर आउने प्रयासमा निरन्तर लागिपरेका छन् । संसद्भवनमा सांसदको गणपूूरक सङ्ख्या पुुग्दैन । सबैलाई विस्थापित गर्ने वाचासहित आएका राजनीतिक दलका नेताहरू पनि मौन बसेका छन् ।
उनीहरू पनि केही गर्न सक्ने अवस्थामा छैनन् । देश यही हो । नेपाली जनता पनि उनीहरू जस्तै छन् । बजारले भान्सालाई सारै महङ्गो बनाएको छ । देशमा नेपाली सुुरक्षित छैनन् । विदेशीभूूमिमा नेपाली मारिएका छन् । देशको अवस्था कमजोर बनेको छ । यो सङ्घीयताले नेपालको सार्वभौमसत्तालाई जीवन्त बनाउन सक्दैन भन्ने स्वरहरू मुुखरित हुुन थालेका छन् । हे नेपालका शासक ¤ राजनीतिदलका कार्यकर्ताहरूदेशलाई माथि राख र नेपालको स्वाभिमानलाई विश्वसामुु परिचित बनाउने प्रयासमा लाग । यो देशका नागरिक तिम्रा दास होइनन् । जनता हुन् । तिमी शासक भए पनि जनता शासित होइनन् । जनता सार्वभौमसत्ता सम्पन्न छन् ।
तिमीहरूले गरेका कामलाई उनीहरूले आफ्नो कर्मबाट बाहिर ल्याउने छन् । समयमा सचेत बनेनौँ भने युुधिष्ठिर जस्तो विषादमा पर्नेछौ । त्यो विषाद तिम्रा लागि मात्र होइन । तिमीमा निर्भर रहने कार्यकर्ता, बलेको आगो ताप्न पल्केका तिम्रा आसेपासेलाई पनि समाप्त पार्नेछ । सत्तालाई सर्वोपरि ठान्ने तिमी र तिम्रा कार्यकर्तालाई देशको विकासमा सक्रिय बनाऊ । स्थानीय तहलाई सबल बनाएर अघि बढ । सङ्घीय सरकारबाट सबल कानुुन निर्माण गर । प्रदेश नेपाली र तिमीहरूका लागि बोझ भयो विघटन गर्नेतर्फ अग्रसर बन । तिमीहरूको कल्याण हुनेछ । देशको पनि भलो हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच