भोजपुर । आफुहरुले लगाएको ताला क्याम्पस प्रशासनले तोडेको भन्दै भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकहरुले फेरी ताला लगाएका छन् । बिगत चार महिना देखिको तलव सुबिधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका प्राध्यापकहरुले दोश्रो चरणको संघर्षको कार्यक्रम भन्दै शुक्रवार बिहान क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका थिए ।
क्याम्पस प्रशासनले भने क्याम्पस प्रमुखको कार्यकक्षमा नै परीक्षाको प्रश्न पत्र सुरक्षित राखिएकाले तालाका कारण निकाल्न समस्या भएको भन्दै प्रहरीको सहयोगमा ताला तोडेको थियो । ताला लगाउन भन्दा पहिला नै प्रश्न पत्र निकाल्न आग्रह गरिएको भए पनि त्यसलाई क्याम्पस प्रशासनले बेवास्ता गरेको आन्दोलनरत प्रजातन्त्रवादी प्राध्यापक संघका इकाई सभापति बेनुबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले ताला लगाउनु अगाडी निकाल्न आग्रह गरेका थियौ, तर पछि तोडेर निकालिएछ ।”
क्याम्पस प्रमुख र प्रहरीले प्रश्न पत्र झिक्न तोडिएको ताला उक्त प्रश्न पत्र निकाले पछि फेरीलगाईएको हो । प्राध्यापक र कर्मचारीहरुको तलवको विषयमा राखेको माग पुर्णरुपमा सम्वोधन नभएसम्म ताला नखोलिने नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रिय सदस्य डा. पर्वत कुमार राईले बताउनुभयो ।
पहिलो चरणमा असोज २५ गते भित्र तलव सुबिधा उपलब्ध गराउन माग गरेका प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले सो समयमा पनि माग सुनवाई नभएको भन्दै दोश्रो चरणको कार्यक्रम सुरु गरेको हो । संघका अध्यक्ष कार्की र संगठनका केन्द्रिय सदस्य राईले संयुक्त बिज्ञप्ती जारी गर्दे कार्यकक्षमा तालावन्दी गरेको जनाएका थिए ।
क्याम्पस प्रशासनले भने त्रिभुवन बिश्व बिद्यालयबाट नै निकासा नगरिएका कारण तलव खुवाउन समस्या भएको बताउँदै संगठनहरुले लगाएको आरोप गलत भएको दावी गर्दे आई रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच