चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट-२ मा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ । चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालमा सीजी सबल केन्द्रमार्फत् सेवा सञ्चालनमा आएको हो ।

शनिबार प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अस्पतालमा सबल केन्द्रको उद्घाटन गर्दै उहाँले चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निःशुल्क पाउने बताउनु भयो । उहाले चिसापानी अस्पताललाई थप विशिष्टिकृत बनाउन ट्रमा सेन्टरको स्थापना गर्ने बताउनु भयो । चिसापानी अस्पतालबाट २४ सै घण्टा सेवा उपलब्ध गराउनका लागि आफुले गर्नुपर्ने सबै सहयोग गर्ने उहाँले बताउनु भयाे । उहाँले भन्नुभयाे- 'ट्रमा सेन्टर बनाउन नदिन यहिँ कै केहि नेताहरु लागेको देख्दा म आफै लज्जित बनेको छु । तर यो मेरो प्रतिवद्धता हो कि म बनाएरै छोड्छु ।'

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भु श्रेष्ठले चिसापानी अस्पतालको सेवा विस्तार र सुधारमा चौधरी फाउण्डेसनले महत्वपूर्ण योगदान दिएको बताउनु भयो । उहाँले भन्नुभयो, 'बर्दघाट नगरपालिका सिमित श्रोत र साधनका बाबजुत पनि नगरबासिलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन लागि परेको छ ।' सबै सरोकारवालहरुको साथ, सहयोग र सहकार्यबाटै बर्दघाट नगरको स्वास्थ्य क्षेत्रको परिवर्तन सम्भव नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

चिसापानी अस्पतालबाट देशभरका हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हात खुट्टाको सेवा पाउने चौधरी फाउण्डेसनले जनाएको छ । कृत्रिम हात खुट्टा राख्नकै लागि नारायण गढ, काठमाडौ जानु पर्ने बाध्यता हट्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?