गभर्नरलाई सेयर लगानीकर्ताको ज्ञापनपत्र

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर बजारका समस्या सम्बोधनको प्रयास गरिने आश्वासन दिनुभएको छ । मंगलबार नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल नेतृत्वको टोलीसँगको भेटमा उहाँले यस्तो आश्वासन दिनुभएको हो ।

अध्यक्ष पोखरेलका अनुसार टोलीले सेयर बजारमा परेको दबाब, सेयर धितोमा चार करोड र १२ करोडको क्याप, सिडी र सिसिडीलगायतबारेमा संघले गभर्नरको ध्यानाकर्षण गराएको छ ।

लगानीकर्ताको हितका साथै समग्र अर्थतन्त्रको अवस्थालाई मध्यनजर गर्दै त्यसतर्फ सहजीकरणका लागि लगानीकर्तासँग छलफल गरिने पनि गभर्नरले आश्वासन दिएको संघले जनाएको छ । चार र १२ करोडको प्रावधान खारेजीबारेमा भने स्पष्ट जवाफ नपाएको संघको भनाइ छ । संघले सेयर बजार सुधारका लागि चारबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

जसमा सेयर धितोमा लगाइएको चार करोड र १२ करोडको क्याप पूर्ण खारेजी, सिसिडीलाई सिडीमा कायम गरिएकोमा पुनः सिसिडीमा नै कायम गरिनुपर्ने, भारित औसतदर एक सय ५० लागू गर्ने निर्णय खारेज गरी पुरानै भारित औसत सय कायम गर्न र पुँजी बजारलाई सात प्रदेश र ७७ जिल्लामा विकास र विस्तार गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने माग रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?