झापा । बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको मेचिनगर नगरपालिका११ बाँसबारी टोल बस्ने २६ वर्षीय करण कवरलाई प्रहरीले पक्राउ गरेको छ ।
करणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई हाल झापा बिर्तामोड नगरपालिका-६ श्यालडाँगी बस्ने २७ वर्षीय प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच