
धादिङ । चाडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय धादिङले त्रिभुवन राजपथ र पृथ्वीराजमार्गको नौबिसे–मुग्लिङ सडक खण्डमा अत्यधिक खाल्डाखुल्डी पुर्न थालेको छ । संघीय राजधानी भित्रने र बाहिरिने मुख्य राजमार्गको रूपमा रहेको यो सडक खण्डमा सवारीसाधनको अति नै चाप हुने गर्दछ ।
जसका कारण सवारीसाधन लामो जाममा पर्ने गरेका छन् भने यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । हाल ठेकेदारले मर्मत गर्नुपर्ने दायित्व भए पनि मर्मत नभएका कारण जताततै खाल्डा परेका छन् भने साना चारपांग्रे सवारी र दुई पांग्र्रे सवारीसाधन सञ्चालन गर्न नै नसकिने अवस्थामा पुगेको छ ।
दैनिक हजारौं सवारीसाधन र यात्रु ओहोर दोहोर गर्ने पृथ्वीराज मार्गको नौबिसे–मुग्लिङ सडकखण्ड विस्तार भइरहेको छ । विस्तारका क्रममा ठाउँठाउँमा खाल्डाखुल्डी बनेका छन् । खाल्डाखुल्डीले सवारीसाधन सहज रूपमा चल्न सकेका छैनन् भने दुर्घटनाको जोखिम बढ्दो छ । करिब १० लाख मानिस दशैँ मनाउन काठमाडौं छाडेर आफ्नो घर यही बाटो भएर जान्छन् । तर, जीर्ण सडकका कारण यस पटकको दशैँमा यात्रुलाई असहज भएको छ ।
अहिले नागढुंगा–नौबिसे–मुग्लिङ सडकखण्ड तीन भागमा विभाजन गरेर विस्तार भइरहेको छ । पहिलो खण्ड नौबिसेदेखि नागढुंगासम्म ३० प्रतिशत र नौबिसेदेखि मलेखुको दोस्रो खण्ड १२ प्रतिशत काम सम्पन्न भएको छ । नागढुंगा–नौबिसे खण्ड तीन लेन बनाइनेछ । बस्ती नभएका र साँघुरो क्षेत्रमा दुई लेनको सडक हुनेछ । विश्व बैंकको १९ अर्ब रुपैयाँ ऋण सहयोगमा नागढुंगादेखि मुग्लिङसम्मको ९६ किलोमिटर सडक विस्तारको काम गरिरहेको छ ।
यसैबीच चाडपर्वको बेला राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन धादिङका जिम्मेवार निकाय लागि पर्ने भएका छन् । राजमार्ग विस्तारको कार्य भइरहेको पृथ्वी राजमार्गमा सहज ढंगले दुईतर्फी रूपमा सवारीसाधनको आवतजावतको सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय धादिङसहित तीनवटै सुरक्षा निकाय, यातायात व्यवसायी, सडक आयोजना कार्यालयलगायत निकाय एक भएर अघि बढ्ने संयुक्त निर्णय गरेका हुन् ।
सडकको छेउकुनामा राखिएका निर्माण सामग्री हटाउन, आवश्यक स्थानमा स्पिड लाइनसहित ट्राफिक संकेत, ऐना आदिको प्रबन्ध मिलाउन सम्बन्धित सडक आयोजना तथा निर्माण व्यवसायीलाई भनिसकिएको छ । नागढुंगा–मुग्लिन सडक योजना कार्यालय (पूर्वी खण्ड) गजुरी धादिङका योजना प्रमुख ईश्वरबहादुर रिजालले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको नागढुंगादेखि मलेखुसम्म नागढुंगा–मुग्लिन सडकअन्र्तगत ५५ किलोमिटर मर्मत भइरहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच