काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी किसानहरुलाई दुधको भुक्तानी गर्न दुग्ध विकास संस्थाहरुलाई निर्देशन दिनुभएको छ ।
सोमवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उहाँले कारोबार भएको एक महिना भित्र किसानहरुलाई दुधको भुक्तानी गर्न दुधसँग सम्बन्धित सबै संस्थालाई निर्देशन दिइएको बताउनुभएको हो । उहाँले दुधसँग सम्बन्धित संस्थाहरुको समस्या समाधानका लागि मन्त्रालयले उनीहरुको स्टक रहेको दुधलगायतका उत्पादनहरुलाई धितो राखि सहुलियतमा ऋण उपलब्ध गराउनका लागि पहल गरिदिने समेत बताउनु भयो । दुधसम्बन्धि संस्थाहरुको स्टक रहेको उत्पादनबाट सहुलियत दरमा ऋण दिलाउन सकियो भने उनीहरुको समस्या पनि समाधान भएर जाने मन्त्री भुसालको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘कमसेकम पनि एक महिनाभन्दा बढि बाँकि नराख्ने गरी भुक्तानी हुनपर्छ भनेर निर्देशन गरेका छौं । सबैलाई यो डिडिसीको मात्रै होइन, अरु प्राइभेट कम्पनीहरुको पनि दुधको भुक्तानी बाँकि रहेको कुरा हामीलाई आएको छ । त्यसकारण सबै दुधको कारोबार गर्ने संस्थाहरुले किसानको एक महिना भन्दा बढी बाँकी राखि दिनु हुँदैन । एक महिनाको व्यापार गरिसकेपछि त्यसको भुक्तानी दिन सक्नु पर्दछ । त्यसरी जानुस भनेर हामीले भनेका छौं । अर्को, उहाँहरुलाई परेको समस्या समाधानका लागि उहाँहरुसँग जुन स्टक छ । उहाँहरुले गरेको उत्पादन धुलो दुधलगायतको जुन उत्पादन छ । त्यो स्टक वस्तु धितो राखेर सहुलियत ऋण उपलब्ध गराउनका निम्ति हाम्रो तर्फबाट पहल गर्ने निर्णय पनि गरिएको छ ।’
मन्त्री भुसालले लम्पी स्किनविरुद्धको खोप नेपालमै उत्पादन गर्नका लागि आवश्यक तयारीको कामलाई अघि बढाइएको पनि दोहो¥याउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच