टिकटक खुलाउने आदेश दिन सर्वोच्चद्वारा अस्वीकार, सरकारलाई कारण देखाउ आदेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। सरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन भने अस्वीकार गरेको छ ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफ मगाउने र कारण देखाउ आदेश मात्र जारी गरेको छ।

२७ कात्तिकमा मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा बढी रिट परेकाे थियाे । सबै रिट खारेज गर्दै  अदालतले यस्ताे  आदेश जारी  गरेकाे हाे ।

आदेशमा मंसिर १५ गतेभित्रमा कारणसहित लिखित जवाफ माग गरिएको छ भने मुद्दालाई मंसिर १९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?