काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले बालुवाटारमा भएको तीन नेताबीचको हस्ताक्षर भएको चिर्कटोको औतित्यमाथि प्रश्न उठाउनु भएको छ ।
आइतबार सभापति शेरबहादुर देउवाले कोशी घटनाको विषयमा छलफल गर्न महामन्त्री थापा र शर्मालाई आफ्नो निवासमा बोलाउनु भएको थियो । सो बैठकमा महामन्त्रीद्वयले सभापति देउवालाई साे सहमतिमाथि प्रश्न गर्नुभएको हाे ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपासहित यो गठबन्धनलाई नै निरन्तरता दिने कांग्रेसले संस्थागत निर्णय पहिले नै गरिसकेकोले चिर्कटो सम्झौताको औचित्यबारे आफूहरुले प्रश्न गर्नुपरेको बैठक पछि महामन्त्री शर्माले बताउनु भयो ।
महामन्त्री शर्माले सभापति गठबन्धन दलको ठूलो दलको नेता, गठबन्धन बलियो बनाउन भन्दै किन चिर्कटोमा हस्ताक्षर गर्नुपरेको हो भनेर आफूहरुले प्रश्न गरेको बताउनु भयो । उहाँले प्रधानमन्त्री प्रचण्ड र देउवाले गठबन्धनलाई निरन्तरता दिन्छु भनेर वक्तव्य दिनु उपयुक्त नभएको समेत बताउनु भयो ।
यो घटनाबारे सभापति देउवाले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताउँदै शर्माले भन्नुभयो, ‘कोशीमा विकसित घटनाक्रमबारे नेता शेखर कोइरालाप्रति आशंका हो भने उहाँले नै वक्तव्य दिने कुरा हुन्थ्यो होला ।’ यसको सबैभन्दा ठूलो जिम्मेवारी, अंशियारी सभापति आफैंले लिनुपर्ने कुरा आफूले बैठकमा राखेको महामन्त्री शर्माले बताउनु भयो ।
साथै महामन्त्री शर्माले कोशीमा शेखर कोइरालाले पनि जबरजस्ती कांग्रेसको भागको माओवादीलाई दिइयो भन्ने भाष्य बनाएको बताउँदै कांग्रेसको भाग हुनलाई बहुमत ल्याएको हुनुपर्ने समेत बताउनु भयो । यसअघि कोशीमा दुई पटक माओवादीले कांग्रेसलाई छाडेको हुनाले अहिले माओवादीले दाबी गर्नु स्वाभाविक भएको शर्माको भनाइ थियो ।
कांग्रेस सभापति देउवाले कोशीमा माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री नियुक्तिका लागि सहमति जनाएपछि शेखर पक्षका ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेसका विवाद सुरु भएको छ । सोही विवाद समाधानका लागि छलफल गर्न सभापति देउवाले उपसभापतिसहित दुई महामन्त्रीसँग सोमबार साँझ छलफल गर्नु भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच