
-राजकुमार कार्की
ओखलढुंगा । नेपाली कांग्रेसका पुर्वउपसभापति एवं जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधनले जिल्लाले एक सामाजिक व्यक्तित्व गुमाएको बताएका छन् । जिल्ला कार्यसमिति ओखलढुंगाले २९ गते सोमबार आयोजना गरेको शोक सभामा बोल्दै नेताहरुले यस्तो बताएका हुन् ।
स्वर्गीय खनालको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा गत १३ गते शनिबार राति १० बजे निधन भएको थियो ।
प्याङक्रियाजको क्यान्सर रोगबाट पीडित खनाल लामो समयदेखि उपचाररत हुनुहुन्थ्यो । खनालको ७३ वर्षको उमेरमा निधन भएको हो ।
वीपी स्मृती भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले आयोजना गरेको शोक सभा कार्यक्रममा बोल्दै नेताहरुले खनालको निधनले जिल्लालाई ठूलो क्षति भएको बताएका हुन् ।
जिल्ला सभापति तेजन खनालको सभापतित्वमा भएको कार्यक्रममा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाको प्रमुख आतिथ्यमा भएको थियो । शोक सभामा बोल्दै सभापति खतिवडाले आफ्नो स्वार्थभन्दा बाहिर उठेर समाजका लागी र कांग्रेसका लागी ठुलो योगदान पुर्याउनु भएको बताउनु भयो । सबैलाई मिलाएर लान सक्ने ल्याकत भएका नेता खनालले हरेक बेला जिल्ला पार्टीमा आएका र आउन सकने आन्तरिक विचलनलाई सहज रुपमा मिलाउने गरेको बताउनु भयो । उहाँको निधनले पार्टीले नेतामात्र गुमाएन, एउटा निस्वार्थ भावना, सबैलाई मिलाउन सक्ने क्षमता र सबैलाई समान रुपमा सहयोग गर्ने सहयोगी भावना समेत गुमाएको खतिवडाले बताउनु भयो ।
नेपाली कांग्रेसका उपसभापति एवं चम्पादेवी गाउँपालिकाका प्रमुख नवराज केसीले सधैँ समाजको बारेमा र पार्टीको बारेमा मात्रै सोच्ने र आवश्यक परेको बेलामा सबैलाई सबैखालको सहयोग गर्ने व्यक्ति पार्टीले र जिल्लाले गुमाएको बताउनु भयो ।
सभापति खनालले कार्यक्रमलाई सम्बोधन गर्दै डिल्ली खनालको निधनले परिवारलाई मात्रै शोक नभई जिल्ला नै शोकमा डुबेको महशुस भएको बताउनु भयो । उहाँले देखाएको बाटोमा आफु पनि लाग्ने र अन्य नेता तथा कार्यकताहरुले पनि उहाँले देखाएको सामाजिक भावनाको बाटोमा लागे मात्र उहाँको आत्माले शान्ति पाउने बताउनु भयो ।
खनाल, नेपाली कांग्रेसको मात्रै नेता नभएर समग्र जिल्लाकै समाजसेवी भएको अन्य दलका नेताहरुले बताएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष शंकर कट्वालले खनाल नेपाली कांग्रेसको मात्रै नेता नभएर समग्र जिल्लाकै नेता भएको बताउनु भयो । उहाँले देखाउको राजनितिक र अनुसरण गरेको सामाजिक बाटोमा सबै राजनितिकल दलले अनुसरण गर्नु पर्ने बताउनु भयो । नेकपा माओबादी केन्द्रका जिल्ला सचिव बिनोद सुनवारले एक कुशल, समाजसेवी सबैलाई उत्तिकै माया गर्ने व्यक्ति भएको बताउनु भयो । एकीकृत समाजबादीका जिल्ला अध्यक्ष मेख बहादुर खड्काले स्वर्गीय खनाल, कांग्रेस पार्टीको मात्रै नेता नभई सबै दलका लागी प्रेरक व्यक्ति भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच