इलाममा पनि मनाईयो ‘६८ औं प्रहरी दिवस’

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 2 mins

इलाम । अमर प्रहरीलाई सलामी र उत्कृष्ठ प्रहरीलाई पुरस्कृत गर्दै ६८ औं प्रहरी दिवस इलाममा पनि मनाइएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुब प्रसाद कोईरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अमर प्रहरीलाई सलामी अर्पण गरिएको थियो । त्यसैगरी उत्कृष्ठ प्रहरीलाई पुरस्कृत गरिएको थियो भने निवन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई समेत सम्मान गरिएको इलामका प्रहरी प्रमुख बासुदेव खतिवडाले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली सेना, ससस्त्र प्रहरी बल नेपाल इलामका प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग इलामका प्रमुख, पूर्व प्रहरी संगठन इलामका अध्यक्ष, पत्रकार, उद्योग बाणिज्य संघ इलामका प्रतिनिधि, जनप्रतिनिधि, यातायात व्यावसायी, नागरिक समाजका अगुवाहरु, प्रहरी परिवारका सदस्यहरुलगायतको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रकाश जबेगुले जानकारी दिनुभयो ।

यस्तै प्रहरी दिवस र आसन्न चाढबाढको अवसरमा जिल्लाका बिभिन्न मठमन्दिर तथा सार्वजनिक स्थानहरुको सरसफाइ पनि गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?