काठमाडौं । स्पिन इभेन्ट प्रालिको आयोजनामा हुने तेस्रो अल नेपाल अन्तरवडा टेबलटेनिस प्रतियोगिताको तयारी पूरा भएको छ । चारदिने प्रतियोगिता बुधबारदेखि सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित कराँते हलमा सुरु हुँदैछ । प्रतियोगितामा करिब चार सय खेलाडीको सहभागिता रहने आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाउनुभएको छ । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुष÷महिला सिंगल्स र टिम, यू-१६ ब्वाइज/गल्र्स सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान ४० वर्षमाथि सिंगल्समा खेल हुनेछ ।
टिम इभेन्टबाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यले जानकारी गराउनुभयो । पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र सात हजार ५०० नगद पुरस्कार प्राप्त गर्नेछन् । बाँकीमा पहिलो हुनेले १० हजार, दोस्रोले पाँच हजार र तेस्रोले दुई हजार ५०० नगद पुरस्कार हात पार्नेछन् ।
प्रतियोगितालाई खेलप्रेमी सुमन खड्गीले मुख्य प्रायोजन गर्ने हुनुभएको छ । प्रायोजकमा ललितपुर महानगरपालिका, ललितपुर जिल्ला खेलकुद विकास समिति र गोदावरी नगरपालिका रहेका छन् । आधिकारिक बल डिएचएस तथा पोशाक गोर्खा एथलेटिक्सले प्रायोजन गर्नेछन् । आयोजकका अनुसार अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच