
भारत, नेपाल, बंगलादेश, इण्डोनेसिया, पाकिस्तान, श्रीलंका, संयुक्त राज्य अमेरिका (युएसए), मलेसिया, संयुक्त अधिराज्य-बेलायत (युके), म्यानमार (बर्मा), मौरिसस, फिजी, भुटान, माडागास्कार आदि देशहरूमा जहाँजहाँ हिन्दु धर्मालम्बीहरूको बसोवास रहेको छ । ती देशहरूमा दशहरा, बडादशैँ, मोहनी, दशैँ, कालरात्रि, शारदीय चाड आदि नामले चिनिने हिन्दुहरूको प्रमुख चाड हो ‘दशैँ वा भनौं बडादशैँ ।’
हुन त नेपालमा चाहिँ ‘दशैँ वा भनौं बडादशैँ ।’ हिन्दुहरूको मात्रै नभएर सबै नेपालीहरूको चाड हो भन्नेहरू ब्रगेल्ती भेटिन्छन् । तर, दशैँ, तिहार, रामनवमी, जनैपूर्णिमा, ऋषि पञ्चमी आदि हिन्दु धर्मसँग सम्बन्धित चाडबाडहरू कसरी सबै नेपालीहरूको हुनसक्छ ? प्रश्न उठ्छ ।
किन भने नेपालमा हिन्दु धर्मालम्बीबाहेक किरात, क्रिश्चियन, मुस्लिम, बौद्घ, बहाई, जैन, शिख, प्रकृति पूजक र धर्म नै नमान्नेहरूको पनि बसोवास छ । अझ केही व्यक्रि वा भनौं लेखकहरू त वास्तवमा दशैँ हिन्दुहरूको पनि चाड होइन भन्छन् । जस्तै लेखक पदम श्रेष्ठले सन् २०१९ अक्टोम्बरमा एक अनलाइनमा ‘दशैँ–तिहार हिन्दुहरूको चाड होइन’ शीर्षकमा विभिन्न उदाहरण र तर्कसहित एक लेख नै लेखेका थिए । उता १२ असोज २०७६ मा पनि एक दैनिक पत्रिकामा डा.मदन रिमालले ‘हिन्दुको मात्रै होइन दशैँ’ शीर्षकमा अर्को लेख लेखेका थिए । जसको आशय ‘दशैँ सबै नेपालीहरूको चाड हो’ भन्ने रहेको थियो । त्यस्तै एक जना ‘राई’ सरलेचाहिँ ‘दशैँ किराती राईहरूको चाड’ भनी एक अनलाइनमा ‘अन्टसन्ट’ खाले (खासै तथ्य, तर्क र प्रमाणविनै लेखेका) लेख लेखेका थिए । यसरी हाल आएर दशैँ चाडबारे नेपालमा खुबै बहस र छलफल भइरहेको छ । दशैँ कसको हो, कसको होइन ? भन्ने सम्बन्मा ठूलै गलफत्ती भई रहेको छ, संभवतः भविष्यमा पनि यस बारेमा गलफत्ती भइरहनेछ ।
दशैँ चाडको अवसरमा दशैँ आसपासको तीन महिनामा मात्रै देशको वर्षभरिको सम्पूर्ण आर्थिक कारोबरको ४२ प्रतिशतदेखि ४५ प्रतिशत (लगभग आधा) रकम बराबारको व्यापार हुने गरेको भनी यसै ‘कारोबार दैनिक’मा दुई वर्षअघि नै एक समाचार आएको थियो । यसरी हेर्दा दशैँ केवल एक शुद्घ रूपको चाड वा पर्वमात्रै नभएर राजनीति र अर्थतन्त्रको एक ‘जादुमयी हतियार’ पनि हो भन्नुपर्ने हुन्छ ।
जस्तै आर्य/खस समूहका मान्छेहरूले (खासगरी ब्राहृमण, क्षेत्री, ठकुरी, दशनामी, शाह, राणा, हमाल, राणाभाट आदिले) दशमीको दिन रातो रंगले मुसेको चामलको टीको लगाउँछन् भने, उनीहरू दशमीलाई ‘विजया दशमी’ भन्छन् । आदिवासी जनजातिहरूले चाहिँ आर्य/खस समूहका मान्छेहरूले जस्तो रातो टीको नलगाएर दहीले मुसेको ‘सेतो टीको’ लगाउने गर्छन् । अझ नेपालका कुलुङ, शेर्पा, तामाङ, हृयोल्मो आदि जातजातिले त विगतदेखि नै दशैँ मनाउँदैन थिए/मनाउँदैनन् । त्यस्तै घर लिपपोत गर्दा पनि सोही विधि अपनाउने गरेको देखिन्छ ।
अर्थात् आर्य/खसहरूले रातो माटो (रंग) ले घर लिपपोत गर्छन् भने आदिवासी जनजातिहरू सेतो माटो (कमेरो माटो) ले घर लिपपोत गर्छन् । त्यतिमात्रै होइन, हिन्दुहरूले मर्यादा पुरुष मान्ने गरिएको रामले रावणलाई मारेको तिथिमा मुख्य दशैँ मान्ने गरिन्थ्यो भन्ने भनाइ पनि बलियो गरी गढेको छ । किनभने, चैत महिनामा सो दशैँ मान्ने गरिन्थ्यो । अहिले पनि गाऊँघरमा सो तिथिलाई चैते दशैँ भन्ने गरिन्छ, चैते दशैँ मान्ने गरिन्छ ।
जसले जे भने तापनि दशैँ चाडको अवसरमा दशैँ आसपासको तीन महिनामा मात्रै देशको वर्षभरिको सम्पूर्ण आर्थिक कारोबरको ४२ प्रतिशतदेखि ४५ प्रतिशत (लगभग आधा) रकम बराबारको व्यापार हुने गरेको भनी यसै ‘कारोबार दैनिक’मा दुई वर्षअघि नै एक समाचार आएको थियो । यसरी हेर्दा दशैँ केवल एक शुद्घ रूपको चाड वा पर्वमात्रै नभएर राजनीति र अर्थतन्त्रको एक ‘जादुमयी हतियार’ पनि हो भन्नुपर्ने हुन्छ । जसले दशैँ भन्ने बित्तिकै राजनीतिक हतियारको रूपमा प्रयोग हुने र छोटो समयमा अर्थतन्त्रको ठूलो चलखेल हुने अर्थ-राजनीतिको रूपमा पनि प्रयोग हुने गरेको छ भन्दा कसैले विमति नराख्लान् कि ?
१, हिन्दु धर्मालम्बीहरूले दशैँको अवसरमा नवरात्रको पहिलो दिन जुन दिन घटस्थपना सुरु गरिन्छ सो दिन शैलपुत्रीलाई सम्झने र शैल पुत्रीको पूजा गर्ने गरिन्छ । स्मरयीण छ, नवदुर्गा मध्येकी एक शैल पुत्री देवीले दाहिने हातमा त्रिशूल र देब्रे हातमा कमलको फूल लिएकी हुन्छिन् भने उनी साँढेमाथि विराजमान रहेकी हुन्छिन् ।
२, नवरात्रको दोस्रो दिन ब्रहृमचारिणीलाई सम्झने र पूजा गर्ने गरिन्छ । दशैँको अवसरमा हिन्दु धर्मालम्बीले पुज्ने नौ देवीहरूमा दोस्रो दिन पुजिने ब्रहृमचारिणी देवीले दाहिने हातमा जप माला र देब्रे हातमा कमण्डलु लिएकी हुन्छिन् भने भुइँमा उनी उभिएकी हुन्छिन् ।
३, नवरात्रका तेस्रो दिन पुजिने चन्द्रघण्ट देवीको १० वटा हातहरू रहेका छन् । देवी चन्द्रघण्टको हातमा धनुवाण, त्रिशूल, गदा, घण्ट, तरबार, कमलको फूल आदि रहेको हुन्छ भने उनी बाघमाथि विराजमान हुन्छिन् ।
४, नवरात्रको चौथो दिन पुजिने कुशमण्डु देवीको चारवटा हातहरू रहेका छन् । जुन हातहरूमा कमण्डलु, धनुवाणा, कलश, अमृत, चक्र, गदा, तीर, जप माला रहेको हुन्छ यी देवी पनि बाघमाथि नै विराजमान रहेकी हुन्छिन् ।
५, नवरात्रको पाँचौं दिन पुजिने सकन्द माता देवीको हातमा दुई हातमा कमलको फूल हुन्छ भने काखमा बालक कुमार (स्कन्द)लाई एक हातले सम्हालेर राखेको हुन्छ भने यी देवी चाहिँ सिंहमाथि विराजमान रहेकी छन् ।
६, नव रात्रको छैटौं दिनमा कात्यानी देवीलाई पुजिन्छ । कात्यानी देवीको हात चारवटा भए तापनि देब्रेतिरका दुई हातले कमलको पूmल र खड्ग बोकेको हुन्छ भने दाहिनेतिरको दुवै हातले आशिर्वचन-ध्यान मुद्रा गरेको देखिन्छ भने यी देवीको वाहन पनि सिंह (बाघ) रहेको छ ।
७, नवरात्रको सातौ दिन देवी कालरात्रीको पूजा गर्ने गरिन्छ । यी देवी अरू देवीहरूभन्दा विल्कुलै फरक रहेकी छन् । किनभने यी देवी आधा नाङ्गो छिन् भने तीन आँखा रहेको (निधारको कालो टीको समेत) छ । यी देवीको चार हातमध्ये देब्रे हातमा खुँडा र भाला (रड) रहेको छ भने दहिने हात मुद्रा आकारमा रहेको छ । यी देवीलाई खास गरिकन रातको समयमा मात्रै पूजा गर्नुपर्ने भन्ने विश्वास छ । त्यसैले पनि यी देवीको नाम ‘कालरात्रि’ रहेको होला । साथै यी देवीले आफ्नो वाहनको रूपमा गधा चढेकी हुन्छिन् ।
८, नव रात्रको आठौ दिन महागौरी देवीलाई पुज्ने गरिन्छ । चारहात भएकी देवी महागौरीको दाहिनेतिरको एक हातमा त्रिशूल र देब्रेतिरको एक हातमा डमरु रहेको हुन्छ । यी देवी अभय र भद्र मुद्रामा बसेकी हुन्छिन् भने यी देवीको वाहन सेतो रंगको साँढे रहेको छ ।
९, नवरात्रको नवौ दिन सिद्घि दातृ देवीको पूजा गर्ने गरिन्छ । यी देवीलाई सूर गण, असुर गण, देव गण, यक्ष गण, गन्दर्भ गण र स्वयं देवीहरू गणले पनि आजा-पूजा गर्ने गर्छन् । यी देवीको हातमा शंख, चक्र, गदा रहेको छ । यी देवी चाहिँ कमलको फूलमाथि विराजमान रहेकी छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच