काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले नगरकार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गर्नुभएको छ।
सोमबार पदभार सम्हालेपछि मेयर साहले महानगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गर्नुभएको हो ।
नगर कार्यपालिकाको पहिलो बैठक सोमबार ४ बजेका लागि बोलाइएको छ ।
उहाँले आफ्नो घोषणापत्र अनुसार कार्यक्रमहरु कार्यान्वयन गर्ने समेत बताउनु भयो । काठमाडौंको फोहोर व्यवस्था, पहिलो प्राथमिकता रहेको उहाँले बताउनु भयो ।
नवनिर्वाचित प्रमुख साहले आजै राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । उहाँलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ गराउनु भएको थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
प्राकृतिक चिकित्सामा-माटो चिकित्सा पद्धति
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल