कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले शुक्रवार गुरुङको निलम्बन फुकुवा गरेको हो ।

भ्रष्टाचार मुद्दामा आफूलाई जरिवाना मात्रै भएको तर कैद सजाय नभएको भन्दै गुरुङले सांसद पद निलम्बन फुकुवाको मागसहित दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश शर्माद्वय को संयुक्त इजलासले गुरुङको निलम्बन फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।

गुरुङ २०७९ मंसिरको चुनावमा मनाङबाट निर्वाचित सांसद हुनु हो । उहाँ २०७९ पुस १२ गतेदेखि निलम्बनमा पर्नुभएको थियो ।
समाज कल्याण परिषद्‌को भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा भाडामा लगाउँदा अनियमितता गरेको भन्दै गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा लागेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *