भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर ८ को बजेट धारा निर्माण गरिएको छ ।
आर्थिक बर्ष ०८०/०८१ बजेटबाट वडामा रहेको ऐतिहासिक सुपाडे धारा निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष खम्व बहादुर बानियाले बताउनुभयो ।
उहाँका अनुसार धारा निर्माणका लागि वडाले तीन लाख ३० हजार बिनियोजन गरेको थियो । बजेटले मात्र धारा निर्माणमा समस्या भए पछि स्थानीयबाट जनश्रमदान समेत गरिएको निर्माण समितिका अध्यक्ष बानियाको भनाई रहेको छ ।
धाराको वडाध्यक्ष नवीन प्रधानले शिलालेख बाचन गरी बिहिवार उद्घाटन गर्नुभयो । सोक्रममा स्थानीय वडावासीको सहभागितामा खर्चको सार्वजनिकीकरण समेत भएको छ ।
वडा भित्रका ऐतिहासिक धाराहरु संरक्षण र सम्वर्धन गर्ने उद्धेश्यका साथ बजेट बिनियोजन गरिएको वडाध्यक्ष प्रधानले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच