काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कर्णाली प्रदेशका विभिन्न जिल्लाका १० वटा शाखामार्फत् ७७ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ । स्थापनाकालदेखि नै बैंकले कर्णाली प्रदेशको बैंकिङ विस्तारलाई विशेष प्राथमिकता दिँदै आएको छ । हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटसहित नाम्खा र सार्केगाड एवं भौगोलिक हिसाबले देशकै सबैभन्दा ठूलो जिल्ला डोल्पाको दुनै र जुफाललगायत मुगुको गमगढी, जाजरकोटको खलंगा र सुर्खेतको वीरेन्द्रनगर शाखामार्फत् बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
बैंकले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सो क्षेत्रका ग्राहकलाई सहजरूपमा कृषि, पशुपालन र जडीबुटीसम्बन्धी कर्जा उपलब्ध गराउँदै आएकाले प्रदेशको अर्थतन्त्र चलायमान भई समग्र विकासमा टेवा पुगेको जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा शुक्रबार आयोजित एक कार्यक्रमबीच महान् चाड बडादशैँको उपलक्ष्यमा समस्त कर्णालीवासीलगायत सम्पूर्ण कर्मचारी एवं बैंकसँग सम्बन्धित सरोकारवाला सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो । प्रदेशअन्तर्गतका १० वटै शाखा प्रबन्धकसँग जुमको माध्यमबाट बैठक एवं छलफल गर्दै प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सरल, सहज र गुणस्तरीय बैंकिङ सेवामार्फत् सर्वसाधारणको मन जित्न उहाँले निर्देशनसमेत दिनुभएको बैंकले जनाएको छ ।
बैंकले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा र जुम्ला शाखा कार्यालय आफ्नै भवनबाट सञ्चालन गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय, वृद्धाश्रम र अनाथालयलाई आर्थिक सहयोगसमेत गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच