
सिन्ह्वा । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी जनतालाई इजरायल र युक्रेनलाई अमेरिकाले निरन्तर सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
प्राइम टाइममा ह्वाइट हाउसको ओभल अफिसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले हमाससँगको द्वन्द्वमा इजरायलको सफलता र रुससँगको द्वन्द्वमा युक्रेनको विजय सुनिश्चित गर्नु अमेरिकको राष्ट्रिय सुरक्षाको लागि महत्वपूर्ण भएको बताउनु भयो ।
उहाँले युक्रेन र इजरायललाई सहायोगका लागि अमेरिकाले रकम पठाउने पनि बताउनु भयो । बाइडेनले इजरायल भ्रमणपछिको भाषणमा यस्तो बताउनुभएको थियो । हमासबिरुद्धको लडाईं जारी राख्नका लागि अमेरिकाले इजरायललाई समर्थन गरेको छ ।
यसअघि गत बिहीवार अमेरिकी विदेश विभागका अधिकारी जोस पलले विदेशी राष्ट्रहरुमा अमेरिकी हतियार हस्तान्तरण गर्ने कार्यको निरीक्षण गर्दै आफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच