काठमाडौं । नेपाल समाजवादी पार्टीको डा बाबुराम भट्टराई पक्षले महिन्द्रराय यादव समूहले माओवादीसँग गरेको एकता खारेजभागी रहेको जनाएको छ ।
आइतबार अध्यक्ष भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले शनिबार माओवादी केन्द्रसँग गरेको एकता खारेज गर्ने निर्णय गरेको हो ।
यादवले एकता गरेको भनेर पार्टी पंक्तिलाई भ्रममा पारेको बैठकको निष्कर्ष छ ।
पार्टीको विधि तोडेर सत्ता समीकरणको खेलमा यादवसहितका नेता लागेकाले माओवादीसँगको एकताको विज्ञप्ति खारेज गरिएको र यससम्बन्धी भोलिको केन्द्रीय समिति बैठकले थप निर्णय गर्ने कार्यकारिणी सदस्य कृष्ण शर्माले बताउनु भएको छ ।
‘केही साथी पार्टीबाट बहिर्गमित भएर माओवादीसँग एकता गरेको विज्ञप्ति पार्टीको निर्णय अनुसार होइन । हाम्रो पार्टीको एकता संयोजन समितिको संयोजकको पनि उपस्थिति छैन । स्वतस् खारेजभागी छ । पार्टी विधि पद्धति, संगठनको अनुशासन तोडेर रातारात सत्ता समीकरणको खेलमा अमूक स्वार्थ पूरा गर्ने ध्येयले सिंगो पार्टी सदस्यलाई भ्रमित पारियो ।’ शर्माले बताउनु भयो ।
उहाँका अनुसार नेसपाको विधानमा केन्द्रीय कार्यकारिणीमा ३५ जनाको व्यवस्था भए पनि हाल २९ जना रहेकाछन् । त्यसमध्ये आइतबारको बैठकमा २० जना सहभागी थिए ।
अब पार्टीलाई महाधिवेशनको दिशामा अगाडि बढाउने समेत उहाँले बताउनु भयो ।
भट्टराईपक्षसँग विभाजित भएर अर्का अध्यक्ष महिन्द्र यादव पक्षका नेताहरूले शनिबार माओवादीसँग एकताको लागि चार बुँदे सहमति समेत गरिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच