
सुर्खेत । दशैंको चहलपहल बढेसँगै सुर्खेतको वीरेन्द्रनगरबाट एक सातामा २६ हजार नागरिक बाहिरिएका छन् । भने २४ हजार नागरिक वीरेन्द्रनगर भित्रिएका छन् ।
यो तथ्यांक सुर्खेत वीरेन्द्रनगरको मात्रै हो । तर सुर्खेतका छिन्चु, जहरे, बड्डीचौर लगाएतका विभिन्न टिकट काउन्टरबाट बाहिरिने र भित्रिनेको संख्या रेकर्डमा नआएपनि लाखौं यात्रुको आउजाउ भएको अनुमान छ ।
अध्ययन, रोजगारी तथा अन्य पेशा व्यवसाय गर्न घरपरिवारसँग छुटिएकाहरु यतिबेला धमाधम घर फर्किन थालेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दशैं मनाउनका लागि एक साताको अवधिमा २६ हजार चार सय २० नागरिक कर्णालीको राजधानी वीरेन्द्रनगरबाट बाहिरिएका हुन् । यो तथ्यांक घटस्थापनादेखि फुलपातीका दिनसम्मको हो ।
उनीहरु सबै वीरेन्द्रनगरबाट सार्वजनिक सवारी प्रयोग गरेर बाहिरिएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको यो तथ्यांक सार्वजनिक सवारी साधन प्रयोग गर्नेहरुको मात्र हो । तर पारिवारिक रिजर्व, निजी तथा सरकारी सवारी साधन प्रयोग गर्नेहरुको तथ्यांक भने प्रहरीसँग छैन । यो संख्या रेकर्डमा आएको भन्दा बढी हुने अनुमान छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीका अनुसार घटस्थापनादेखि नागरिक बाहिरिने क्रम बढेपनि फुलपातीका दिनदेखि वीरेन्द्रनगर आउजाउ गर्नेको संख्यामा कमी आएको छ ।
यतिबेला धमाधम मान्छेहरू गाउँ जान थालेपछि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुनसान बन्दै गएको छ । टिकाको दिन आउन केही दिन रहेकाले प्रदेश बाहिरिने नागरिको संख्या अझै बढ्ने प्रहरीको अनुमान छ ।
वीरेन्द्रनगर कर्णालीका १० वटै जिल्लाको आर्थिक, राजनैतीक, प्रशासनिक र शैक्षिक हब मानिने भएकाले पनि ठुलो संख्यामा बाह्य जिल्लाका नागरिकहरु बस्दै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच