काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिनुभएको छ ।
मंगलवार महाराजगञ्जस्थित निर्मल निवासमा नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणहरुलाई टिका लगाइदिँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले व्यंग्यात्मक रुपमा देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै छिनछिनमा भुइँचालो गइरहेकाले विचार गरेर बस्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा दशैँको शुभकामना दिन चाहन्छु । धेरै भन्नुपनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।’
पूर्वराजा शाहले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सम्पूर्ण नेपालीहरुमा दशैँको शुभकामना दिनुभयो । उहाँले यसअघि अपरान्ह पौने चार बजेबाट आम सर्वसाधारणलाई दशैँको टिका लगाइदिनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच