चिर्पट प्रहार गरी हत्या, एक जना पक्राउ

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

मोरङ । बुढिगंगा गाउँपालिका-७ कमलपुर बस्ने २३ वर्षीय करण सरदारलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका-५ बस्ने २४ वर्षीय राजेश सरदारलाई प्रहरीले पक्राउ गरेको छ ।

बुढिगंगा गाउँपालिका-५ हातिमुढामा कात्तिक १८ गते साँझ उनीहरू बीच आपसी बादबिबादमा राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएका थिए ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते करणको गोल्डेन अस्पताल बिराटनगरमा मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?