काठमाडौं । रोपेर फूल गोदावरी, सजाऔँ घर-आँगन वरिपरि भन्ने नाराका साथ फ्लोरिकल्चर एसोसिएसन नेपाल (फयान)ले १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० आयोजना गर्ने भएको छ ।
फयानले नेपालीहरूको महान् चाड तिहारको अवसर पारेर कात्तिक १४ देखि १८ गतेसम्म ललितपुरको जावलाखेलमा मेला आयोजना गर्ने भएको हो । मेलाको सह–आयोजकमा पुष्प विकास केन्द्र रहेको छ भने सहयोगी संस्थाका रूपमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रायोजकमा सेवा कोकोपिट र बैंकिङ साझेदार संस्थाका रूपमा कृषि विकास बैंक रहेको आयोजक फयानले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गएको छ । मेलामा व्यावसायिक स्टल ५५, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक पाँच गरी ६२ स्टल रहने फयानका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभएको छ । गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनीसमेत रहेकाले गोदावरी फूलका विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम पनि रहेको छ ।
आयोजकका अनुसार प्रदर्शनीमा सहभागी नर्सरी÷फर्मले उत्पादन गरेका गोदावरी फूलका पाँच प्रजातिमा प्रतिस्पर्धा गराइनेछ ।
प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कटफ्लावर रहेका छन् । साथै मेलामा सहभागी नर्सरी व्यवसायीलाई प्रोत्साहित गर्न उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइनेछ । प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा उत्कृष्ट हुने नर्सरी÷फर्मलाई शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने मेला संयोजक सिताराम पन्तले जानकारी दिनुभएको छ ।
विगतमा चारदिने मेला हुने गरेकोमा यस वर्ष एक दिन थप गरी पाँचदिने मेला आयोजना हुने भएको छ । मेलाको ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने र एक करोडभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ । मेला अवलोकन गर्न आउने अवलोकनकर्ता तथा व्यवसायीहरूको शून्य मौज्दातमा खाता खोली तीन सय रुपैयाँ खातावालाको नाममा कृषि विकास बैंकले जम्मा गरिदिने भएको छ । साथै खाता खोल्ने ग्राहकले मेलामा जुनसुकै फूल बिरुवाको खरिदमा १० प्रतिशत छुट पाउने पनि आयोजकले जनाएको छ ।
यसैबीच कोरोनाकालमा मारमा परेको पुष्प क्षेत्र पुनः लयमा फर्किएको फयानले जनाएको छ ।
फयानका अध्यक्ष मीनबहादुर तामाङले गत आर्थिक वर्ष ०७९/०८० मा तीन अर्ब सात करोड रुपैयाँको कारोबार भएको जानकारी दिनुभयो । कोरोनाकालमा कृषि क्षेत्रमा सबैभन्दा धेरै मारमा पुष्प क्षेत्र परेको थियो । हरेक वर्ष १० देखि १५ प्रतिशतका दर पुष्प तथा पुष्पजन्य उत्पादनको माग बढ्ने गरेको फयानकोे तथ्यांक छ । मागको ९० प्रतिशत आपूर्ति स्वदेशमै उत्पादिन पुष्प तथा पुष्पजन्य उत्पादनले धानिरहेको फयानको दाबी छ । गत वर्ष करिब ३६ करोडको पुष्पजन्य आयात र करिब ६७ लाखको निर्यात भएको थियो । फयानका अध्यक्ष तामाङका अनुसार खुला सीमा, स्वदेशमा लगानी गर्ने वातावरण नबन्नु, भन्सारबाट प्रक्रिया पूरा नगरेर पनि आयात हुनु जस्ता चुनौती रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच