
गुल्मी। जिल्ला प्रहरी कार्यालय गुल्मीले मादक पदार्थ सेवन गरी शान्ति सुरक्षामा खलल पुर्याउने १२ जनालाई पक्राउ गरेको छ । कात्तिक १० गते साँझ ८ बजेर ४० मिनेटको समयमा जिल्लाको मालिका गाउँपालिका वडा नम्बर– ४ ठुलीचौरस्थित दशैं विशेष सरायँ नाच कार्यक्रम पश्चात स्थानिय बजारमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दै शान्ति सुरक्षामा खलल पुर्याउने १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार गस्ती ड्यूटीमा प्रहरी चौकी अर्खवाङबाट प्रहरी सहायक निरीक्षक बिष्णु बहादुर गाहाको कमाण्डमा खटिएको प्रहरी टोलीमाथी मादक पदार्थ सेवन गरी अपशब्द बोल्दै बजार ईलाकामा होहल्ला मच्चाएका थिए । उनीहरूलाई प्रहरी टोलीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरीहरूलाई नै अपशब्द प्रयोग गर्ने र प्रहरीलाई कर्तव्य पालनामा बाधा पुर्याई क्षति समेत पुर्याएकोले उनीहरूलाई पक्राउ गरिएको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा मालिका गाउँपालिका वडा नम्बर–३ का ३९ वर्षीय सन्त बहादुर थापा, वडा नम्बर– २ का २७ वर्षीय केशव खड्का, वडा नम्बर–३ का २४ वर्षीय अनिल थापा, वडा नम्बर–३ का १९ वर्षीय विशाल थापा, सोही वडाका २२ वर्षीय विकल्प थापा रहेका छन् । मालिका गाउँपालिका वडा नम्बर–८ का २० वर्षीय साहिल जि.सी, वडा नम्बर–३ का ३३ वर्षीय नरेन्द्र थापा, सोही वडाका ३१ वर्षीय भरत थापा, रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर–११ घर भई हाल मालिका गाउँपालिका वडा नम्बर–६ मा डेरा गरी बस्ने २४ वर्षीय अनिल ठकुरी, मालिका गाउँपालिका वडा नम्बर३ का ४२ वर्षीय नारायण पाण्डेय, सोही वडाका १९ वर्षीय विपिन थापा, र ३३ वर्षीय गुञ्ज बहादुर थापा रहेका छन् ।
उनीहरूलाई आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट सार्वजनिक शान्ति विरूद्दको कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भईरहेको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच