सरकारी सवारी साधन दुरुपयोग रोक्दै बागलुङ ट्राफिक

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । बागलुङ जिल्लामा सरकारी सवारी साधनको दुरुपयोग बढ्न थालेपछि ट्राफिक प्रहरीले कारबाहीको दायरामा ल्याउन थालेको छ । जिल्लामा सार्वजनिक बिदाको दिन समेत सम्बन्धित निकायबाट अनुमति नलिई सरकारी सवारी सधान प्रयोग हुन थालेपछि ट्राफिक प्रहरीले सक्रियताका साथ कारबाही गर्न थालेको हो ।

असोज महिनाको महिनाभर परेको तीन दिनको सार्वजनिक बिदाको समयमा १६ वटा सरकारी सवारी सधान कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ । जिल्लामा असोज महिनादेखि सरकारी सवारी साधनको समेत चेकजाँचमा कडाई गरिएको हो ।

सरकारी सवारी सधान लिएर पर्यटकीयस्थल हिडेको, घुम्न हिडेको र बिनाकाममा सरकारी सवारी साधनहरुको प्रयोग बढेपछि कारबाही गर्न थालिएको छ । स्थानीय तहका सरकारी सवारीसाधन बढी दुरुपयोग भएको प्रहरीको भनाई छ । असोज महिनाको तीन दिनमा मात्रै १६ वटा सरकारी सवारी साधन मोटरसाईकल र जीपलाई नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख बरिष्ठ प्रहरी सहायक निरीक्षक मिन बहादुर खड्काले जानकारी दिनुभयो ।

खड्काले असोजको ३ गते, असोजको ६ गते र असोजको २० गते मात्रै १६ वटा सरकारी सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको बताउनुभयो । जसमध्ये तीन वटा जीप र १४ वटा मोटरसाईकल रहेका छन् । तीन दिनको सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधनको कारबाहीबाट तीन दिनमै १६ हजार राजश्व संकलन भएको छ ।

‘सरकारी सवारीसाधन दुरुपायोग बढ्न थालेपछि सार्वजनिक बिदाको समयमा ठाउँ–ठाउँमा सरकारी सवारीसाधनहरुको चेकजाँच गर्दै आएका छौं, खासगरी दशैं शुरु भएपछि बढी सरकारी सवारीसाधनको दुरुपयोग भएको भन्ने गुनासो आएपछि होल्ड गर्न थालिएको छ’ ट्राफिक प्रहरी प्रमुख खड्काले भन्नुभया, ‘जिल्ला प्रशासनको अनुमती बिना सञ्चालनमा आएरका सरकारी सवारीसाधनलाई होल्ड गरेर रु. एक हजार जरिवाना गरिएको छ, यो अभियान आगमी दिनमा समेत निरन्तरता पाउनेछ ।’

खड्काका अनुसार अन्य समयमा सार्वजनिक र निजी सवारी साधनको चेकजाँच बढाए पनि सार्वजनिक बिदाको समयमा सरकारी सवारी साधन लक्षित चेकजाँच गरिँदै आइएको छ । खड्काका अनुसार बागलुङ बजारको मुख्य प्रवेशद्वारमा सार्वजनिक बिदाको दिन अनुमति बिना प्रवेश गर्न खोजेका दर्जनौं सवारी साधनलाई गन्तव्यमा पुग्न रोक लगाएर फकाईएको छ ।

पास बिना जिल्लामा सरकारी सवारी साधन प्रवेश गर्न नदिएपछि प्रवेशद्वारबाटै फर्काइएको ट्राफिक प्रहरीको भनाई छ । पछिल्लो समय धार्मिक पर्यटकीय स्थल, होटल तथा रेष्टुराँमा बिदाको समयमा समेत सरकारी सवारी सधानहरु देखिन थालेपछि ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता दिन थालेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?