![शीतल निवासमा धान रोपाइँ कार्यक्रम आयोजना](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Ramchandra-Paudel-2.jpg)
लण्डन । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले आठौंपटक विश्वकै प्रतिष्ठित बालोन डि’ओर अवार्ड जित्नुभएको छ । फ्रान्स फुटबल म्यागजिनले हरेक वर्ष विश्वको उत्कृष्ट खेलाडीलाई दिने यो अवार्ड जित्नुभएको हो । यसअघि सन् २००९ देखि लगातार २०१०, २०११, २०१२ सम्म तथा २०१५, २०१९ र २०२१ मा यो अवार्ड मेस्सीले हात पार्नुभएको थियो ।
मेस्सीले म्यानचेस्टर सिटी र नर्वेका खेलाडी एर्लिङ हालान्डलाई पछि पार्दै सो अवार्ड जित्नुभएको हो । गत डिसेम्बरमा कतारमा भएको विश्वकपको उपाधि जिताउन आफ्नो देशको नेतृत्व गर्नुभएका उहाँले आफ्नो जीवनको महत्वाकांक्षा पूरा गर्दै बालोन डि’ओरसमेत जित्न सफल हुनुभएको हो ।
उहाँले विश्वकप यात्रामा सात गोल गर्दै उत्कृष्ट खेलाडी उपाधिसमेत हात पार्नुभएको थियो । १६औँ पटक मनोनयनमा पर्नुभएका मेस्सीले बालोन डि’ओर अवधिभरि ३८ गोल र २५ असिस्ट गर्नुभएको थियो ।
गत सिजनमात्रै इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा जानुभएका हालान्डले भने ५६ गोल गर्नुभएको थियो । गत सिजन सबैभन्दा धेरै गोल गरेका कारण उहाँले सोही समारोहका बीच गर्ड मुलर ट्रफी भने जित्नुभएको थियो । उहाँले युइएफए उत्कृष्ट वर्ष पुरुष खेलाडीको उपाधिसमेत जित्नुभएको थियो ।
यस्तै महिलातर्फको बालोन डि’ओर स्पेन र बार्सिलोनाकी खेलाडी आइटाना बोनमाटीले जित्नुभएको छ । बोनमाटीले समेत यस वर्ष नै अष्ट्रेलियामा भएको विश्वकप जित्नुभएको थियो । यसका साथै लालिगा र च्याम्पियन्स लिग जितेको बार्सिलोनाको टोलीमा उहाँको महत्वपूर्ण भूमिका थियो । बोनमाटीले युइएफए उत्कृष्ट वर्ष महिला खेलाडीको उपाधिसमेत जितिसक्नुभएको छ ।
इंल्याण्डका युवा फरवार्ड जुड बेलिंमले कोपा ट्रफी, अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले याचिन ट्रफी, रियल म्याड्रिडका ब्राजिलियन भिनिसियस जुनियरले सक्रेट्स अवार्ड जित्नुभयो । महिलातर्फ बार्सिलोना र पुरुषतर्फ म्यानचेस्टर सिटी वर्षको उत्कृष्ट क्लब छानिए । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच