नेपालद्वारा थाइल्यान्डलाई दुई सय ७० रनको लक्ष्य

रासस
Read Time = 1 min

काठमाडौं । एसिसी यु १६ मेन्स इस्टर्न रिजन कप-२०२३ को आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको छ ।

मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनायो । नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए ।

त्यस्तै सूर्यान्शु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन जोडे । थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २/२ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १/१ विकेट लिए ।

उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा  मलेसिया र थाइल्यन्ड छन् । त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया छन । थाइल्यान्ड पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो  थाइल्यान्ड अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?