काठमाडौं । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ।
बुधबार दिउँसो लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गर्नुपरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
भारतीय नागरिक मोहमद करिमलाई समात्न खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउने परेको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागेर करिम घाइते भएका छन्।
प्रहरीले करिमको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको छ । उनीसँगै नेपाली नागरिक हर्क लिम्बु पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच