काठमाडौं । सांगीतिक व्याण्ड एक्सिसले देशका प्रमुख चार शहरमा कन्सर्ट गर्ने भएको छ । ‘एक्सिस नेपाल टुर’ नाम दिइएको व्याण्डको कन्सर्ट ललितपुर, भक्तपुर, दमक र काठमाडौंमा हुनलागेको हो ।
कन्सर्टको सुरुवात ब्याण्डले आउँदो शनिबार अर्थात् नोभेम्बर ४ मा ललितपुरको अपटाउन झम्सिखेलबाट गर्नेछ । व्याण्डका अनुसार कन्सर्ट हेर्न चाहने दर्शकले इ–सेवाबाट टिकट लिन सक्नेछन् ।
पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पिभिइ नेटवर्क)को प्रस्तुति रहने कन्सर्टमा व्याण्डले ‘तिमी फेरि आउन’, ‘अधुरो प्रेम’, ‘मुस्कान’, ‘मेरो प्रेम’, ‘हे मोरी’, ‘सात समुन्द्र’ र ‘घर गाउँ’ लगायतका गीत सुनाउनेछ ।
व्याण्डले दशैँअघि पोखरा, चितवन, बुटवल र झापामा कन्सर्ट गरेको थियो । यी कन्सर्टमा विशेषत युवा दर्शकको उल्लेख्य उपस्थिति थियो । कन्सर्टमा एक्सिसले पछिल्लो रिलिज ‘पाइला’ पनि दर्शकलाई सुनाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच