कोशीमा फेरि उलटपुलट, मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद विस्तार

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

विराटनगर । पटक पटकको मुख्यमन्त्री परिवर्तन भोगेको कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तारपछि फेरि तरंग सृजना हुने देखिएको छ । आफूलाई समर्थन गरेको एमालेको असमतिकै बाबजुद मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद विस्तार गरेपछि कोशीमा फेरि तरंग उत्पन्न भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नियुक्त गर्नुभएका दुई मन्त्रीले शपथ लिनुभएको छ ।

शुक्रबार मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुले शपथ लिनुभएको हो ।

नेपाली कांग्रेस विद्रोह समूहबाट मुख्यमन्त्री बन्नुभएको कार्कीले कात्तिक १ गते बुधबार कोशी प्रदेशसभाबाट भारी बहुमतसहित विश्वासको मत पाउनु भएको थियो। कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो ।

तर अहिले एमालेको समर्थन विपरीत कार्कीले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनु भएको हो ।

एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा मुख्यमन्त्री बन्नुभएको कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो ।

एमालेका ३९ सांसदको समथएनमा मुख्यमन्त्री नियुक्त भएलगत्तै केन्द्र गठबन्धनले केदार नै साझा उम्मेद्वारर भएको बताएको थियो ।

मुख्यमन्त्रीमा कार्कीलाई गठबन्धनका कांग्रेससँगै माओवादी, एकीकृत र जसपाले कार्कीलाई विश्वासको मत दिएका थिए । केन्द्रीय गठबन्धनको दबाबका कारण मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।

एमालेले मुख्यमन्त्रीसँगको पछिल्लो छलफलमा गठबन्धनका अरु दललाई सरकारमा ल्याए पनि माओवादीलाई भने ल्याउनै नहुने अडान राखेको थियो। केन्द्रको गठबन्धन प्रदेशमा लागु भए आफू सरकारमा नबस्ने एमालेले चेतावनी दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?