
काठमाडौं । चर्चित कवि तथा साहित्यकार तीर्थराज अधिकारीलाई पितृशोक परेको छ । उहाँका ९९ वर्षीय पिता येकनाथ अधिकारीको गत यही कात्तिक १५ गते आफ्नै निवास सरस्वतिनगर चाबहिलमा निधन भएको हो । स्वर्गीय अधिकारी गोरखा लप्सीबोटमा समाजसेवका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँका दुई छोरा र एक छोरी छन् ।
जेठा छोरा रुद्रनाथ अधिकारी अघिल्लो दिन १४ कात्तिकमा गोरखा लप्सीबोटस्थित आफ्नै निवासमा मृत भेटिनुभएको थियो । ज्येष्ठ पुत्रको निधन भएको २४ घण्टा नबित्दै वृद्ध पिताको समेत निधन भएको कवि अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पिता-पुुत्र दुवै जनाको गोरखास्थित मजुवाघाटमा सँगसँगै अन्त्येष्टि गरिएको थियो । कवि अधिकारीको स्वर्गीय पिता तथा ज्येष्ठ भ्राताप्रति श्रद्धाञ्जलिसहित परिवाजनमा हिमालय टाइम्स परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच