प्रधानमन्त्री दाहालद्वारा भूकम्प प्रभावित क्षेत्रको अवलोकन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प प्रभावित क्षेत्र जाँजरकोटको स्थलगत अवलोकन गर्नुभएको छ ।

शनिवार बिहान उहाँ भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि सो क्षेत्रमा पुग्नुभएको हो । शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भइ ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रधानमन्त्री दाहालले सो क्षेत्रको अवलोकन गरी प्रभावित क्षेत्रमा आवश्यक जनशक्तिसहित उद्धार र राहत कार्यमा खटिन निर्देशन दिनुभएको छ । जाजकोटमा भूकम्पका कारण हालसम्म ९५ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् ।

त्यस्तै रुकुम पश्चिममा अहिलेसम्म ३७ जनाको निधन भएको छ भने ८५ जना घाइते रहेको जनाइएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ भने अन्यको उद्धार कार्य जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?