कर्णालीमा आज शोक बिदा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 1 min

काठमाडौं । कर्णाली प्रदेश सरकारले आज शोक दिवस घोषणा गरेको छ ।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परि ज्यान गुमाएकाहरुप्रति दुस्ख व्यक्त गर्दै शोक दिवस घोषणा गरेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार बीसीले जानकारी दिनुभयो।

उहाँका अनुसार राहत तथा उद्धार लगायतका कार्यका लागि प्रदेश सरकारले अति प्रभावित, प्रभावित, सामान्य प्रभावित पालिकाहरुलाई पाँच लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म तत्काल पालिकाको खातामा पठाउने निर्णय गरेको छ । पीडितहरुलाई पुनर्स्थापना गर्न कुनै कसर बाँकी नराख्ने पनि मन्त्री बीसीले बताउनुभयो ।

आपत्कालीन राहतलाई व्यवस्थित गर्ने, यथार्थ तथ्याङ्क सङ्कलन गर्ने र छिटोभन्दा छिटो पुनर्निर्माणमा ज‍ोड दिने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?