भूकम्पपीडितलाई तातोपानी गाउँपालिकाको दश लाख सहयोग

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले भूकम्पमा परी घाइतेहरुको उद्धार तथा राहातका लागि नेपाल सरकारलाई दश लाख सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले एक विज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिले मर्माहत र दुःखी बनाएकोे छ ।

भुकम्प पीडित जिल्लाका लागि उद्धार,उपचार र पुनःनिर्माणमा सहयोग लागि पालिकाबाट रु दश लाख आर्थिक सहायत नेपाल सरकार मार्फत उपलब्ध गराउने प्रतिवद्धता गरेको गाउँपालिका अध्यक्ष चौलागाईले जानकारी दिनुभयो । नेपाल सरकारले भुकम्प पिडितका लागि खडा गरेको प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमै सहयोग रकम जम्मा गरिने भएको छ । छिमेकी जिल्लाहरु पिडामा छन् । विपद्मा समन्वय सहकार्य गर्नु आबश्यक रहेको गाउँपालिका अध्यक्ष चौलागाईको भनाइ छ । भुकम्पमा परी ज्यान गुमाउनेहरु प्रति तातोपानीले दुख व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको तातोपानी गाउँपालिकाले जनाएको छ ।

पिडितहरुको राहत उद्दार तथा पुनस्थापनाका लागि दिनरात खटिने,नेपाली सेना,शसस्त्र प्रहरी,नेपाल प्रहरी,स्वास्थ्यकर्मि लगायत सबैलाई तातोपानी गाउँपालिकाले विज्ञप्ती मार्फत सबैलाई धन्यबाद समेत दिएको छ । शुक्रबार राति जाजरकोट जिल्लाको बारकोट गाउँपालिकामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी १५७ जनाको मृत्यु भएको स्थानीय प्रशासनले पुष्टि गरेकाछन् ।

आईतबार मात्र नेपाल सरकारले जाजरकोट भूकम्पमा मृत्यु हुने प्रतिपरिवारलाई दुई लाख रूपैयाँ राहत दिने सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । मन्त्रपरिषद्को बैठकले भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?